टी–२० सिरिजः नेपाललाई आज श्रृंखला जोगाउने मौका

काठमाडौं । यूएई विरुद्धको टी–२० सिरिज अन्तर्गत आज नेपाली क्रिकेट टोलीले दोस्रो खेल खेल्दैछ । बिहीबार भएको पहिलो खेलमा यूएईसँग २१ रनले पराजित भएको नेपाललाई सिरिज जोगाउनका लागि आजको खेल जीत्नै पर्ने दबाबमा छ ।
आजको खेल दुबईको आईसीसी ग्लोबल क्रिकेट एकेडेमी मैदानमा खेल दिउँसो पौने तीन बजे सुरु हुनेछ । एक दिवसीय सिरिज २–१ ले जितेको नेपाल टी–२० सिरिजको पहिलो खेलमा भने पराजित भएको थियो । तर, त्यपछि भने लगातार दुई खेलमा जीत निकदै सिरिज नै हात पार्न सफल भयो ।
नेपाल भर्सेस यूएई