इतिहासमा आज

इतिहासमा आज : हिटलर चान्सलर बनेको र गान्धीलाई गोली ठोकेको दिन

इतिहासमा आज : हिटलर चान्सलर बनेको र गान्धीलाई गोली ठोकेको दिन

एजेन्सी । विस १९९० (सन् १९३३)मा आजकै दिन एडल्फ हिटलर जर्मनीका चान्सलर बनेका थिए । उनी विश्वका क्रूर शासकहरूमा गनिन्छन् । १९३३ देखि १९४५ सम्म जर्मनका चान्सलर तथा १९३४ देखि १९४५ सम्म समाजवादी जर्मन मजदुर पार्टी (नाजी)का शासक थिए । उनी नाजवाद तथा दोस्रो विश्वयुद्ध सुरु हुनुका केन्द्रीय पात्र समेत हुन् ।

 

विस २००५ (सन् १९४८)मा आजकै दिन भारतका राष्ट्रपिता भनेर चिनिने महात्मा गान्धीलाई नाथुराम गोड्सेले गोली हानी हत्या गरेका थिए । उनको पूरा नाम मोहनदास करमचन्द गान्धी हो । उनले २ अक्टोबर १८६९ देखि ३० जनावरी १९४८ सम्म भारत तथा भारतीय स्वतन्त्रता अन्दोलनका एक प्रमुख राजनीतिक एवं आध्यात्मिक नेता हुन् । बेलायती सरकारको उपनिवेशका रूपमा रहेका दक्षिण अफ्रिकाको रंगभेद अन्त्य गर्न तथा भारतलाई स्वतन्त्र गराउन यिनको ठूलो योगदान रहेको छ ।

महात्मा गान्धी हिटलर

विशेष