कभर स्टोरी

राजा महेन्द्र कति दूरदर्शी २७ सालमै बनाएका थिए पानी जहाज ऐन

राजा महेन्द्र कति दूरदर्शी २७ सालमै बनाएका थिए पानी जहाज ऐन

काठमाडौं : विगत केही वर्षदेखि नेपालमा पानी जहाजले बजार तताएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले आफ्ने पानी जहाज चलाउँछ भन्दा कतिपयले यसलाई मजाकको विषय बनाएका छन्। तर केपी ओली पानी जहाज ल्याएर छोड्ने पक्षमा देखिन्छन्।

 

उनले आफ्नो चुनावी घोषणामै नेपालमा पानी जहाज चलाइरै छाड्ने दाबी गरेका थिए। उनले विश्वका भूपरिवेष्ठित राष्ट्रहरूले पनि पानी जहाज चालएको उदाहरण प्रशस्त भएको दृष्टान्त दिँदै नेपालमा पनि पानी जहाज चल्ने बताएका थिए। उनले पानी जहाजले मालसमाना पनि बोक्ने र भाडामा पनि लगाउने जिकर गरेका थिए।

 

उनी प्रधानमन्त्री भएपछि पनि यी विषयलाई कयौँ पटकको भाषणमा दोहोर्‍याए। उनले नेपालले पनि आफ्नै पानी जहाज चलाउँछ भन्दा धेरैले आफ्नो खिल्ली उडाएको भन्दै सार्वजनिक कार्यक्रममा उनले पानी जहाज चढ्न निम्ता समेत दिएका थिए। उनले सन् २०१९ को सुरुमै नेपालबाट स्टिमर चढेर कलकोत्ता जाने भन्दै सबैलाई निम्तो दिएका थिए। यद्यपि उनको निम्तो खेर गएको छ, पानी जहाज अहिलेसम्म चलेको छैन।

 

खुसीको कुरा, नेपालका ठूला नदीहरूमा गण्डकी, कोसीलगायतका नदीहरूमा पानी जहाज सञ्चालनका लागि अध्ययनहरू भने अगाडि बढेका छन्। नेपालका नदीहरूमा पानी जहाज सञ्चालनसम्बन्धी छलफलका लागि भारतीय पक्ष आगामी फागुनमा नेपाल आउन लागेको जल तथा ऊर्जा आयोगले जनाएको छ ।

 

यद्यपि नेपालमा जहाज रजिस्ट्रेन गर्ने तथा कार्याल खोल्ने लगायतका काम भएका छन् तर पानी जहाज ऐन २०२७ अनुसार। तपाईंलाई थाहा छैन होला यो ऐन २०२७ सालमा बनेको हो जतिबेला राजा महेन्द्रले नेपालमा शासन गरिरहेका थिए। उनले नै नेपालमा पानी जहाज सञ्चानका लागि राष्ट्रिय पञ्चायतमा ऐन बनाउन लागएका थिए ।

 

प्रधानमन्त्री केपी ओलीले पानी जहाजको कुरा गर्नुभन्दा ४७/४८ वर्षअघि नै नेपालमा पानी जहाज सञ्चालनका लागि राजा महेन्द्र शाहले यसको तयार सुरु भएको थियो। यसबाट राजा महेन्द्र कति दूरदर्शी थिए भन्ने थाहा हुन्छ। उनले तत्कालीन राष्ट्रिय पञ्चायतको सल्लाह र सहमतिले उक्त ऐन ल्याएका थिए।

 

उनले विस २०२७ सालमा नेपालमा पानी जहाज सञ्चालनका लागि ऐनसमेत बनाएर नेपालको आफ्नै पानी जहाज चलाउने सपना देखेका थिए। २७ सालमा बनेको उक्त ऐन कार्यान्वयन नहुँदै उनको २०२८ सालमा निधन भएपछि त्यो उनको सपनाले मूर्त रूप लिन सकेन। उनको मृत्युपछि बनेको नयाँ सरकारले उनका सपनालाई बिर्सिँदै गयो र नेपालले आफ्नै पानी जहाज सञ्चालन गर्ने सपना मुर्झाउँदै गयो।

 

फेरि त्यही सपना प्रधानमन्त्री ओलीले देखेका छन्। हेर्न बाँकी छ प्रधानमन्त्रीको महत्वकांक्षी सपना कहिलेसम्म पूरा होला।

पानी जहाज राजा महेन्द्र शाह

विशेष