समाज

आइसिटीको उपप्राध्यापकमा आफन्त भित्र्याउने चलखेल

आइसिटीको उपप्राध्यापकमा आफन्त भित्र्याउने चलखेल

काठमाडौं । त्रिभुवन विश्व विद्यालयका पदाधिकारीले आइसिटीको उपप्राध्यापक पदको विज्ञापनमा आफन्तलाई भित्र्याउन चलखेल सुरु गरेका छन् । यो वर्ष नै प्रकाशित आइसिटी शिक्षातर्फको उपप्राध्यापकको पदको न्यूनतम योग्यतामा शुरुवातदेखि नै विवादास्पद निर्णय हुँदै आएको थियो । उक्त निर्णयप्रति चर्को आलोचनासमेत भइरहेको छ ।  

 

त्रिविले ०७२ मा गरेको विज्ञापनमा तोेकेको योग्यताअनुसार एमएस्सी कम्प्युटर विज्ञान र एमए कम्प्युटर पढेकाले प्रतिस्पर्धा गर्न पाएका थिए । तर, विषयगत समिति र विद्या परिषद्बाट नयाँ केही निर्णय नआएकाले त्रिविले आयोगको तयारीमा रहेका विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको हो।  

 

यस विषयमा विषय समितिका अध्यक्षले एमएसी कम्युटर विज्ञान र एइ (कम्युटर इन्जिनियरिङ) पढेकाले सो पदका लागि आवदेश दिन योग्य भएको भनेर आवश्यक सिफारिसका लागि शिक्षा संकायका डीनलाई लिखित सिफारिस गरेको पत्र डीन कार्यालयमा दर्तासमेत भइसकेको छ । पत्र पाएपछि डीनले आवश्यक कारवाहीका लागि तोक आदेश दिइसकेको समयमा सो पत्रको सक्कल प्रति कायब हुने गरी सम्बन्धित विषय समितिका अध्यक्षले नै लिएर गएको डीन कार्यालयले आरोप लगाएको छ । 

 

गलत निर्णय गरिरहने विषय समितिका अध्यक्ष र आफ्नो कार्यालयमा दर्ता गरिसकेको पत्रको सुरक्षा गर्न नसक्ने डीन विभिन्न प्रलोभनमा परेको आवेदकले आरोप लगाएका छन् । यस्तै, विषय समितिले अर्को बदमासी गरेको देखिन्छ । समितिले विज्ञापन प्रकाशित भएको एक महिनापछि एमइडी आइसिटीबाहेक अरु योग्यता भएका आंशिक र करार शिक्षकका रुपमा कार्यरतलाई खुला प्रतिस्पर्धामा सहभागी गराउने निर्णय गरेको थियो ।

 

निर्णयपछि डीन कार्र्यालयमार्फत प्राज्ञिक परिषद्लाई आवश्यक निर्णय अनुमोदनका लागि पठाइसकेपछि दोब्बर दस्तुर तिरेर आवेदन भर्ने समय एक दिन अघि परिषद्ले जुनकुनै विषयमा स्नाकोत्तर गरेर कम्प्युटरमा दश महिने तालिम लिएकालाई विज्ञापनको लागि योग्य र विश्वविद्यालबाट ५–६ वर्षसम्म अध्ययन गरेर एमसी कम्प्युटर विज्ञापन उपाधि पाएका गरेकाहरु अयोग्य हुने गरी निर्णय गरेको छ । यो निर्णयप्रति केही आवेदक रुस्ट भएका छन् ।

 

खुला विज्ञापनमा एमएसी कम्प्युटर विज्ञान पढेका अयोग्य हुने तर काम गरिरहेका १० महिना मात्र कम्प्युटर सिकेकाहरु योग्य हुने ? उनीहरुले प्रश्न गरेका छन् । साथै, एमएसी कम्प्युटर विज्ञानका विद्यार्थीले खुला प्रतियोगितामा नियोजित षड्यन्त्र गरी प्रतिस्पर्धा कम गराउने र नातागोता तथा आसेपासेलाई चोरबाट त्रिविमा जागिर दिने कामा संग्लन पदाधिकारीलाई तत्कालनै छानविन गर्न माग गरेका छन् ।

त्रिभुवन विश्व विद्यालय आइसिटी

विशेष