मनोरञ्जन

अस्वस्थ भए ब्रह्मानन्दम, मुटुको बाइपास सर्जरी गरियो

अस्वस्थ भए ब्रह्मानन्दम, मुटुको बाइपास सर्जरी गरियो

काठमाडौं । चर्चित भारतीय हास्यकलाकार ब्रह्मानन्दम कन्नेगन्तीको मुटुको शल्यक्रिया गरिएको छ । गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा सबैभन्दा धेरै फिल्म खेल्ने कालकारको पहिचान बनाएका ब्रह्मानन्दमको मुम्बईस्थित एसियन हार्ट इन्स्टिच्युटमा गत सोमबार मुटुको बाइपास सर्जरी गरिएको हो ।

 

गत आइतबार श्वासप्रश्वासमा अचानक समस्या आएपछि ६२ वर्षीय यी कलाकारलाई उनका दुई छोराहरू राजा र सिदार्थले अस्पताल पुर्‍याएका थिए। स्वास्थ्य परीक्षण पश्चात् ब्रह्मानन्दमको सर्जरी गरिएको थियो। चर्चित मुटु सर्जन रामाकान्त पान्डाले उनको शल्यक्रिया गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

 

शल्यक्रिया पछि उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ। उनलाई अब्जर्भेसनका लागि अझै केही दिन अस्पतालमा राखिने उनको परिवारले जनाएको छ।

 

भारतको चर्चिच पद्मा श्री अवार्ड समेत पाएका ब्रह्मानन्दमले विभिन्न भाषामा एक हजारभन्दा बढी फिल्महरू खेलेका छन्। उनले सन् १९८५ देखि आफ्नो फिल्मीकरियर सुरु गरेका थिए। यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो । 

ब्रह्मानन्दम कन्नेगन्ती

विशेष