खेल

बंगलादेश प्रिमियर लिगः सिक्सर्सको दोस्रो जीत, सन्दीपले लिए विकेट  

बंगलादेश प्रिमियर लिगः सिक्सर्सको दोस्रो जीत, सन्दीपले लिए विकेट  

काठमाडौं । बंगलादेश प्रिमियर लिग (बीपीएल) मा नेपाली क्रिकेटर सन्दीप लामिछानेले रंगपुर राइडर्स विरूद्धको खेलमा विकेट लिन सफल भएका हुन् । दुई खेलमा विकेटविहीन भएका सन्दीपले बुधबार भने विकेट लिन सफल भएका हुन् ।  

 

सिलेट सिक्सर्सबाट खेलिरहेका उनले बुधबार ४ ओभर बलिङ गर्दै १८ रन खर्चिएर १ विकेट लिए ।  सन्दीपले सुरुवाती तीन ओभरसम्म कुनै विकेट नलिए पनि अन्तिम ओभरमा ३ रन खर्चिदै बेनी हवेललाई आउट गरे । 

 

पहिलो ओभरमा ६ रन दिएका सन्दिपले दोस्रो ओभरमा पाँच रनमात्र दिए। तेस्रो ओभरमा सन्दिपले चार रन दिएका थिए।सिलेट सिक्सर्सले दिएको १८८ रनको लक्ष्य पछ्याएको रंगपुर निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६० रन बनायो। यो सँगै सिलेट सिक्सर्सले खेल २७ रनले जितेको छ। 
 

बंगलादेश प्रिमियर लिग सन्दीप लामिछानेले

विशेष