इटालियन सुपर कप उपाधि युभेन्ट्सलाई, बन्यो नयाँ किर्तीमान
एजेन्सी । इटालियन सुपर कप फुटबल प्रतियोगिताको उपाधि युभेन्ट्सले हात पारेको छ। बलियो प्रतिद्वन्द्वी एसी मिलानलाई १-० गोलले हराउँदै युभेन्ट्सले उपाधि हात पारेको हो ।
साउदी अरेबियाको जेदाहमा खेलिएको फाइनल खेलमा युभेन्ट्सका लागि पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले निर्णायक गोल गरे । युभेन्ट्सले कीर्तिमानी रुपमा आठौं पटक इटालियन सुपर कपको उपाधि जितेको हो। युभेन्ट्सले सन् २०१५ पछि पहिलो पटक उपाधि जितेको हो। मिलानले भने हालसम्म सात पटक इटालियन सुपर कपको उपाधि जितेको छ। पछिल्लो पटक मिलानले सन् २०१६ मा उपाधि हात पारेको थियो।
सन् १९८८ मा पहिलो संस्करणको उपाधि पनि मिलानले नै जितेको थियो। युभेन्ट्सका लागि जारी सिजनमा रोनाल्डोले गरेको यो १६ औं गोल हो। युभेन्ट्स घरेलु लिग इटालियन सिरिएमा समेत उपाधितर्फ लम्किरहेको छ।
क्रिस्टियानो रोनाल्डो इटालियन सुपर कप