कुनै समय ८० रूपैयाँ बचाउन, १० किलोमिटर पैदल हिँड्ने यी नायिका
एजेन्सी । सेलिब्रेटिको सानदार जीवनशैली देखेर आम जनताको दिमागमा एउटै कुरा आउँछ, ‘वाह क्या लाइफ छ ।’ तर के यसबारेमा हामीले कहिल्यै गहिरिएर सोचेका छौं ? दैनिक भास्करले बलिउड नायिका फातिमा सना सेखको संघर्षकोबारेमा गरेको अध्ययन उनकै शब्दमा ।
घरबाट शहरसम्म पैदल
‘जब मसँग काम थिएन, तब पैसा बचाउनको लागि मैले एउटा तरिका अपनाएँ । घरबाट जतासुकै जानुपरे पनि म पैदल जान्थें । त्यस समय म थियटर गर्थें । मैले हरेक शो गरेवापत् ८० देखि सय रूपैयाँ पाउँथे । मेरो शो विहानै हुन्थ्यो । समयमा थियटर पुग्नकै लागि म विहान सबेरै घरबाट निस्कन्थे । घरदेखि थियटरसम्म १० किलोमिटरको दूरी थियो । हरेक दिन म पैदल हिँडेरै थियटर पुग्थें । थियटरमा एक घण्टाको शो गरेवापत मैले ८० रूपैयाँ पाउँथे । त्यो पैसा मेरो लागि लाख बराबर हुन्थ्यो ।’
मनमा एक्टिङ, हातमा क्यामेरा
‘एक्टिङ त मेरो प्यासन थियो । तर प्यासनलाई पछ्याउनको लागि पकेटमा पैसा पनि त चाहियो । पैसा कमाउनको लागि मैले फोटोग्राफी गर्न सुरु गरें । जब मसँग थियटर या अभिनयको काम हुँदैनथ्यो त्यतिबेला म विवाहको फोटो खिच्न जान्थें । अलि अलि कमाई यहीँबाट हुन्थ्यो । बाँकी समय म आफ्नो ध्यान पुरै अभिनयमा नै लगाउथेँ । त्यो समय मलाई आज पनि याद छ । मनमा अभिनयको भोक थियो भने, हातमा क्यामेरा बोकेर मानिसहरूको विवाहमा फोटोग्राफी गरिरहेकी हुन्थें । यो कुरा साँचो हो कि, जिन्दगीले पनि हामीलाई थरी थरीका रङ दिन्छ ।’