खेल

लाराको रेकर्ड तोड्दै विराट कोहली

लाराको रेकर्ड तोड्दै विराट कोहली

काठमाडौं । भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले एकपछि अर्को रेकर्ड बनाइरहेका छन् । यसैबीच, भोलि (शुक्रबार) उनले अर्को रेकर्ड गर्ने सम्भावना बढेको छ । विराटले  वनडेमा सर्बाधिक रन बनाउने ‘टप दश’ मा पर्ने सम्भावना बढेको हो ।


उनले अष्ट्रेलियासँग भइरहेको तीन एक दिवसीय श्रंखलाको दाेस्रो खेलमा  शतक प्रहार गरेका थिए । यो शतकसँगै विराटले वनडेमा १०३३९ रन पूरा गरेका छन् । यदि भोलि (शुक्रबार) हुने अष्ट्रेलियाविरुद्धको अन्तिम वनडेमा उनले ६७ रन प्रहार गरे बढी रन बनाउने खेलाडीको सूचीको शीर्ष दशमा पर्ने छन् ।

 

अहिलेसम्म सर्वाधिक रन बनाउने सूचीको १०औं नम्बरमा वेस्टइन्डिजका ब्रायन लारा छन् । वनडेमा लाराको नाममा १०४०५ रनको किर्तीमान छ । के भोलि विराटले लारालाई पछि पार्दै शीर्ष १० मा पर्न सक्लान ? निकै चासोका साथ हेरिएको छ । वनडेमा सर्बाधिक रन बनाउनेको पहिलो नम्बरमा भारतीय क्रिकेट टोलीका पवूर्वकप्तान सचिन तेन्डुलकर छन् । उनले एक दिवसीय खेलमा १९४२६ रन प्रहार गरेका छन् । 

विराट कोहली

विशेष