कभर स्टोरी भिडियो

मैले त्यही बेला भनेको थिएँ कि रवीन्द्र मिश्रले राजनीति गरिखानु हुन्न (भिडियोसहित)

मैले त्यही बेला भनेको थिएँ कि रवीन्द्र मिश्रले राजनीति गरिखानु हुन्न (भिडियोसहित)

काठमाडौं । प्रा.डा. सुरेन्द्र केसीले विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रको रवैयाका कारण उनको राजनीतिक भविष्य अन्यौलग्रस्त रहेको आफूले पहिले नै बताइसकेको उल्लेख गरेका  छन् । नेपालआजको नियमित भिडियोस्तम्भ ‘इतिहास र अनुभूति’मा हरिराम रिमालसँग कुरा गर्दै डा. केसीले यस्तो धारणा उल्लेख गर्नुभएको हो । 

 

रवीन्द्र मिश्र बिबिसी नेपाली सेवामा हुँदा नेपाललाई भारतको सुरक्षा छातामा राख्दा कसो होला  ? भन्ने श्रृंखला चलाएको थियो । त्यो श्रृंखलाबारे रवीन्द्र मिश्र विबिसीमै काम गर्नुको नाताले उनको जवाफ के होला ? भन्ने प्रश्न आफूले गर्दा मिश्रले अन्टसन्ट अभिव्यक्ति दिएको केसीले बताए । उनले भने, ‘नेतामा जवाफदेहिता र पारदर्शीता हुनुपर्छ । मैले प्रश्न उठाइसकेपछि जवाफ दिनुको सट्टा उहाँ त मेरै इन्टिग्रिटीमा प्रश्न उठाउन थाल्नु भयो ? अनि मैले त्यही बेला भनेको थिएँ कि रवीन्द्र मिश्रले राजनीति गरिखानुहुन्न ।’

 

रवीन्द्र मिश्रको सोचाई राजनीति शास्त्रको शिद्धान्तअनुरुप नभएका कारणले आफूले उनलाई राजनीतिमा गाह्रो हुने विश्लेषण गरेको केसीको भनाइ छ । 

 

पार्टी नेतृत्वमा निर्ममता देखिने गरेको डा. केसीको अनुभवले बोल्छ । केसीको मतमा पुष्पलाल प्रधान नरम हुन खोजे, उनैलाई डाँडो कटाइदिए । बिपी कोइरालाले पटक पटक निर्ममता देखाए । प्रचण्ड निर्ममताले नै टिकेका  छन् । केपी ओली निर्मम भएर पनि लोकतान्त्रिक पद्धतिबाट आए । केपी ओली निर्मम राजनीतिक खेलाडी हुन् । तर उनको विधि लोकतान्त्रिक छ । अब विवेकशील साझा संयोजक रवीन्द्र मिश्रको शैली के हो भन्ने म अहिले नै सबै कुरा भन्न सक्दिनँ । मानिसहरुले प्रश्न उठाए । 

 

राजनीति भनेको आर्थिक सामाजिक रुपान्तरण गर्ने एक माध्यम हो । तर नेपालमा आफ्ना भाइभतिजा, सालासाली, छोराछोरीको हित गर्नुलाई राजनीति ठानियो । यहि प्रवृत्तिबाट पर जान विवेकशील साझा सकेन ।  विवेकशील साझा टुक्रनुमा व्यवस्थापकीय कमजोरी महत्वपूर्ण कारण रहेको डा. केसीको ठहर छ । केसीले भने, ‘दूरदर्शीत भएका मानिस नेता हुन्छ । तर नेपालमा सामदा प्रयोग गरेर भउ पनि हुल जम्मा गर्ने र त्यो हुलेको सरदारलाई नै नेता भन्ने चलन छ । नेता भनेको के हो भन्ने बुझाइमै त्रुटि छ ।’
 

रवीन्द्र मिश्र सुरेन्द्र केसी

विशेष