महानगरपालिका भन्छ : मेलम्चीका कारण धूलो घटाउनै मुस्किल

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाअन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयका कारण काठमाडौंको धुलो नहटेको काठमाडौं महानगरपालिकाले आरोप लगाएको छ । महानगरका अनुसार निर्देशनालयले काठमाडौंका धेरै स्थानमा एकैपटक सडक खनेका कारण धुलो नघटेको हो । महानगरपालिकाअन्तर्गतको वातावरण विभागका अनुसार निर्देशनालयले मेलम्चीको पानी वितरणका लागि एकैपटक ५–७ ठाउँमा सडक खनिरहेको छ ।
‘हामी ट्यांकरको पानीले सडक पखाल्छौँ तर मेलम्चीले खनेको सडक समयमै नपुर्दा धुलो जस्ताको तस्तै हुन्छ,’ महानगरपालिकाको वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले भने । दिनहुँ ७ वटा ट्यांकरले सडक पखाले पनि सडकमा धुलो नघटेको उनले बताए । महानगरपालिकाले इटालीबाट किन्न लागेको ४ वटा ब्रुमर आउन अझै २ महिना लाग्ने उनले बताए । चीन सरकारले दिने भनेको ब्रुमर पनि आइनसकेको उनले जानकारी दिए ।
धुवाँधुलो