मुख्य समाचार

पर्वत बस दुर्घटनाः मृतकको संख्या ४ पुग्यो (अपडेट)

पर्वत बस दुर्घटनाः मृतकको संख्या ४ पुग्यो (अपडेट)

पर्वत । पर्वतको कुश्मा नगरपालिका-१ मालढुंगामा भएको बस दुर्घटनामा मृत्युु हुनेको संख्या ४ पुगेको छ । सडकदेखि १ सय मिटर तल कालीगण्डकी नदीमा खस्दा तीन जनाको घटनास्थलमै र एकको अस्पतालमा मृत्यु भएको हो। बेनीदेखि नारायणगढ हिडेको ग १ ख ६१०८ नम्बरको बस दुर्घटना अन्य ३६ जना घाइतेसमेत भएका छन् । 

 

घाइतेहरुलाई बागलुङस्थित धौलागिरी अञ्चल अस्पतालमा प्राथमिक उपचार पछि पोखरा र काठमाडौं पठाउने क्रम चलिरहेको छ। गम्भिर घाइतेलाई हेलिकोप्टरबाट काठमाडौ‌ं पठाइएको छ। केहीलाई पोखरा पठाइएको प्रहरी उपरीक्षक दिपक रेग्मीले बताए।

 

पोखरा–बागलुङ राजमार्गको विभिन्न स्थानमा सडक निर्माण कार्य भैरहेकोले १० बजेदेखि बाटो बन्द हुने गरेको थियो। बन्द अघिनै बाटो काट्ने उ२ेश्यले तीव्र गतिमा गुडेको बसले सन्तुलन गुमाएर नदीमा खसेको प्रारम्भिक अनुसन्धानले खुलेको प्रहरीले बतायो। घाइतेहरुलाई धौलागिरी अञ्चल अस्पतालमा उपचार गर्ने ठाउँ नभएपछि भुइमै राखेर उपचार भैरहेको छ।

बस दुर्घटना पर्वत

विशेष