मनोरञ्जन

 विवाह भएपनि थर नफेर्ने दीपिकाको निर्णय

 विवाह भएपनि थर नफेर्ने दीपिकाको निर्णय

एजेन्सी । यो वर्ष बलिउडमा धेरैजनाको विवाह भयो । तर चर्चा दीपिका पादुकोण—रणवीर सिंह, सोनम कपूर—आनन्द आहुजा र प्रियंका चोपडा—निक जोनसको धेरै भयो ।  विवाह पछि सोनम कपूरले आफ्नो नाम सोनम के आहूजा र प्रियंका चोपडाले आफ्नो नाम प्रियंका चोपडा जोनस राखिन् । अब फ्यानहरू दीपिका पादुकोणको पालो कुरिरहेका छन् । 

 

तर दीपिका आफ्नो नाम परिवर्तन गर्ने सहमतिमा छैनन् । यसबारेमा उनले भनिन्, ‘मैले र रणवीरले कहिल्यै यसबारे कुरा गरेका छैनौं भनेपछि यसबारेमा हामीले सोचेका पनि छैनौं ।’

 

रणवीर सिंह यतिबेला कबीर खानको अर्को फिल्म ‘८३’ को तयारीमा व्यस्त छन् । उनले यस फिल्मा कपिल देवको भूमिका निभाउनेछन् । यसपछि रणवीर ओशो बायोपिकमा पनि देखिने चर्चा छ । यस फिल्मका मेकर्सको पहिलो रोजाईमा आमिर खान परेपनि आमिरले काम गर्न नपाउने भएका कारण निर्माताले अब रणवीरलाई अप्रोच गरेका छन् । फिल्मबारे औपचारिक घोषणा भने भइसकेको छैन । 
 

दीपिका पादुकोण

विशेष