राशिफल

आज असोज १४ गते मंगलवार तपाईका लागि कस्तो रहला ? हेर्नुहोस आजको राशिफल !

आज असोज १४ गते मंगलवार तपाईका लागि कस्तो रहला ? हेर्नुहोस आजको राशिफल !

आज मिति २०७६ साल असोज महिनाको १४ गते मंगलवार , तदनुसार इश्वी संवत २०१९ अक्टोबर १ तारिख , तपाईका लागि कस्तो रहला आउनुहोस हेर्नुहोस तपाईको आजको राशिफल 

मेष–

आटेको काममा सफलता मिल्नेछ । अरुबाट आलोचना हुने, काममा बाधा आउने, धनमाल हराउने, सम्भावना पनि रहेको छ ।  पढाइ लेखाइ प्रगति पथमा लगाडि बढ्ने हुदा मन प्रशन्न रहनेछ ।

वृष–

समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ । जिम्मेवारी भने बढिरहनेछन् । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ ।

मिथुन–

व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । तापनि, सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । बिद्यामा सफलता पाउन निकैनै संघर्ष गर्नुपर्ला 

कर्कट–

नयाँ प्रेम गर्ने अवसरका साथै प्रेम विवाहमा परिणत हुने योग छ । पेटमा गडबड भई रहने भएकोले खानपानमा ध्यान दिनु जरुरी छ ।  कृषि तथा पशुपालन व्यावसाय भने व्यावसाय फस्टाएर जानेछ ।

सिंह–

कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । छोटो तथा रमाईलो यात्रा हुन सक्छ । 

कन्या–

व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ । रुचिका विषयमा लगानी बढाउने समय छ। विभिन्न अवसरले पछ्याउनेछन् । बोल्दा वा कुनै निर्णय गर्दा ख्याल गर्नुहोला बोलिको गलत अर्थ लाग्ने तथा तपार्ईँको निर्णय तपार्ईँ आफैलाई आत्मघाति हुनसक्छ 

तुला–

प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । आफन्तबाट टाढिनुपर्ने समय छ । वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ लिन सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले मनग्गे धन सम्पति जोड्न सकिनेछ ।

वृश्चिक–

आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुने समय छ । आम्दानी बढढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । स्वास्थ्यमा समस्या देखिन सक्ने भएकाले खानपानमा अलि सजक रहनु पर्नेछ। 

धनु–

काममा स्थानान्तरण हुन सक्छ । लामो यात्रा सम्भावना छ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । साझेदारीमा पनि राम्रो फाइदा हुनेछ । पैत्रिक धन तथा सम्पति परिचालन गरि आम्दानीका बाटाहरु फराकिला बनाउँन सकिनेछ । 

मकर–

आर्थिक कारोवार अति आवश्यक अवस्थाबाहेक नगर्नुनै उचित हुनेछ । नोकरीमा पदोन्नति र स्थानान्तरण हुने सम्भावना छ ।  अध्ययन तथा अध्यापनमा सहकर्मिको साथले नयाँ कुराको खोज तथा अनुशन्धान गर्न सकिनेछ भने सार्थक नतिजाले उत्साह जगाउँनेछ ।

कुम्भ–

तत्काललाई ठूलो फाइदा नउठे पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ । बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ । मान सम्मान तथा इज्जत प्रतिष्ठामा दाग लाग्नसक्छ ख्याल गर्नुहोला ।

मीन–

दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । भौतिक साधनसमेत जुट्नाले प्रसन्नता मिल्नेछ ।  माया प्रेममा धोका हुनेछ भने पति पत्निबिच मनमुटाव सिर्जना हुने योग रहेको छ ।

राशिफल

विशेष