विचार

अन्तर्राष्ट्रिय मञ्चमा नेपालको बढ्दो साख

अन्तर्राष्ट्रिय मञ्चमा नेपालको बढ्दो साख

भ्रमण को औचित्य 

चीनका राष्ट्रपति सी चिन्फिंग को बहुप्रतिक्षित नेपाल भ्रमण सम्पन्न भएको छ । चिनिया राष्ट्रपति सी ले नेपाल मा १९ घण्टाको आफ्नो महत्वपुर्ण समय नेपाल-चीन सम्बन्धको नयाँ अध्यायको  सुरुवातका लागि खर्चिएर गैसकेका छन । उनले यहाँ नेपालको राष्ट्रपति, सरकारी प्रतिनिधि मण्डल, प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा सचिवालयका नेताहरु  राष्ट्रियसभा अध्यक्ष तथा व्यवस्थापिका संसदको उपसभामुखलाइ भेट गर्दै नेपालको हीतमा केही प्रतिवद्धताका साथ् २० वटा सहमति एवम एमओयुमा हस्ताक्षर गरी फर्किसकेका  छन । राष्ट्रपति सी को स्वागत आम जनता देखि सरकार र प्रतिपक्षी समेतले खुलेर गरेको पाइयो। यो हुनु पनि आवश्यक थियो। भ्रमण पश्चात भने नेपालको राजनीतिक, कुटनीतिक र सामाजिक वृतमा राष्ट्रपति सी भ्रमणको सफलता एवम कमि कजोरीहरु माथि टिकटिपण्णि आउने क्रमको सुरुवात भए सकेको छ जुन स्वाभाविक हो । यसै सन्दर्भमा सी भ्रमणको औचित्य र भ्रमणको विविध आयाम माथि केही राय दिन मन लाग्यो ।

भूपरिवेष्ठित देशबाट भूजडित देश बन्ने सपनाको सारथी    

भ्रमणको पहिलो साँझ सोल्टी होटलमा आयोजित कार्यक्रममा बोल्दै राष्ट्रपति सी ले नेपाल र चीनबीच अझ सुविधाजनक कनेक्टिभिटी निर्माण गरिने बताए। उनले सीमापारीको रेल सम्भाव्यता अध्ययन कार्यको थालानी, केरुङ्देखि काठमाडौंसम्मको सुरुङमार्गको परियोजनालाई सहयोग, अरनीको राजमार्ग सञ्चालन सुनिश्चितताका साथै राष्ट्रपति सीले बढीभन्दा बढी नाकाहरु खोल्ने प्रतिबद्धता जनाए। जसलाई मुर्त रुपदिने हेतुले नै नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबीच समझदारी कायम गरियो । त्यसै गरी  सुरुङ निर्माण समन्वयको लागि अर्थ मन्त्रालय र चीनको अन्तर्राष्ट्रिय विकास निकायबीच समझदारी गरियो । यो प्रतिबद्धता र सम्झौताले भौगौलिक कठिनाईले उब्जिएको चीन संगको नेपालको सुदुरतालाइ नजिकियाउन हो ।  नेपाल भुपरिवेष्ठित राष्ट्र हुनाले नै उत्पन्न हुने व्यापार तथा आवतजावतको समस्या लाई हल गरी भौगोलिक दुर्गमतालाई रेल, सुरुङ्ग मार्ग र विभिन्न नाकाहरु खोलेर सुगमतामा बदल्ने कदमको थालनी हो ।

त्यसै गरि सी को धेरै नाकाहरुको संचालन गर्ने प्रतिबद्धता लाई नेपाल ले क्यास गर्ने सके  हाल विधमान भारतसंगको नाकामा अत्याधिक निर्भरता, नाकावन्दीको समस्या असन्तुलित व्यापार जस्ता समस्याहरुको हल हुन सुभारम्भ हुनेछ । यसले नेपालको व्यापारिक लाभ र दक्षिण नाकामा अत्याधिक निर्भरता मात्रै हैन दुवै देशको जनताकोको ओहरदोहरमा सहजता ल्याउनेछ । दुइ देश बिच हुने अत्यधिक र सहज सम्पर्कले विभिन्न आर्थिक सम्भावनाहरुको बाटो खुल्नेछ। चिनिया व्यापारीहरु नेपालको बजार सानो भए पनि सिङ्गै दक्षिण एसियालाइ बजार मानेर नेपालमा लगानी गर्न थाल्नेछन ।  यसका साथै नेपालको चीनिया वन्दर्गाहसम्मको पहुँचमा पनि सिमापारी सुविधाजनक कनेक्टिभिटीले मद्दत पुर्याउने छ । तर यी सवै “ल्याण्ड लक्ड टु ल्याण्ड लिङ्क्ड” हुने सपनाको संकल्पलाई पुरा गर्न चीनिया राष्ट्रपतिको प्रतिवद्धता जुन चेक हो त्यसलाई क्यास गरिनुपर्छ र त्यसको लागि नेपालले कौसल कुटनीतिको प्रयोग गर्नुपर्ने हुन्छ।

नेपाल भ्रमण वर्ष २०२० मा सहयोग

राष्ट्रपति सी लाइ चीनिया जनताले आफनो आदर्श मान्छन र सी को भ्रमण संगै नेपाल चिनिया जनताको रोजाइमा परिसकेको हुनुपर्छ। त्यसमा पनि उनले दक्षिण एसियामै चिनियाहरुले नेपाल अधिक रुचाउने भन्दा त्यसले उल्लेखनीय मात्रमा चीनिया पर्यटकको  आगमनको बाटो खोलिदिएको छ जसले नेपाल भ्रमण वर्ष २०२०का लागि सहयोग गर्ने भएको छ । विश्वको सबैभन्दा धेरै जनसंख्या भएको मुलुक चीनले आफ्ना नागरिकहरुलाई नेपाल भ्रमण गर्न अभिप्रेरित गर्ने सी ले भनि सकेका छन । तर यसलाइ मुर्त रुप दिन नेपाल पक्षको कडा परिश्रमको आवश्यकता हुन्छ ।  भ्रमण वर्ष २०२० लाई तयारीको आवश्यकता छ जहा चीनले  नेपाल भ्रमण वर्ष प्रवद्र्धन गर्न अभिप्रेरणा प्रदान गर्ने, राजनीतिज्ञ, सांसद र आमसञ्चारमा आदानप्रदान तथा सांस्कृतिक आदानप्रदान गर्न सहयोग गर्ने आशय प्रकट गरिसकेको छ । नेपाल ले एस्तो सहयोगको परिणामुखी नतिजाको लागि आफ्नो तयारीमा कुनै कसर छोड्नुहुदैन।

व्यापार घाटाको  समस्या समाधान

राष्ट्रपति सीले चीनको धेरै मुलुकसँग व्यापार असन्तुलन भएका स्थितिमा यसलाई समाधान गर्न सकिने विश्वास दिलाउँदै नेपालले प्रतिस्पर्धात्मक वस्तु निर्यात गर्न उल्लेख गरे । व्यापार घाटाको समस्याको हल गर्न नेपालको पक्षबाट नै जोडबल गरिनुपर्दछ । यसका लागि संयुक्त कार्यदल स्थापना समबन्धि नेपालको उद्योग मन्त्रालय र चीनको वाणिज्य मन्त्रालयबीच भएको समझदारी लाई शिघ्र कार्यान्वयनमा ल्याउनुपर्ने हुन्छ। मन्त्रालय मातहतको कार्यदलले संयुक्त रुपमा सन्तुलित व्यापारका लागि ब्यापार घाटाको नियमित अध्ययन गरि आवश्यक सुझावहरु दिन सक्ने छन्। साथै दुई देश वीचको व्यापारको नयाँ विषयवस्तुहरुको अध्ययन गर्न सक्ने छन् र व्यापार प्रवर्धनमा सजह्कर्ताको भूमिका खेल्न सक्ने छन् । यसका साथै नेपालबाट चीनमा सुन्तला लगायत फलफूल निर्यातको लागि आवश्यक प्रोटोकल सम्बन्धि सम्झौता भएको छ, जसले नेपालबाट सहज रुपमा सुन्तला र फलफूल निर्यात गर्न सक्ने वातावरण निर्माण गरिदिएको छ। यसका लागी नेपालले उत्पादन, प्रसोधन र प्याकेजिंग लगायत चीनिया वजारको अनुगमन जस्ता कार्यहरुको शिघ्र थालानी गर्दा प्रभावकारी हुनेछ ।

साझा हिमालय क्षेत्रको  रक्षा

राष्ट्रपति सी नेपालले जलवायु परिवर्तनबाट भोगेने समस्याबारे चीन जानकार रहेको र उक्त समस्या समाधान गर्न संयुक्त रुपमा काम गर्न सकिने बताउँदै हिमाली क्षेत्रका बासिन्दालाई सरलरुपमा पुनःस्थापना गरी उनीहरुको जीवनस्तर उकास्न कुरामा सहयोग गर्ने प्रतिवद्धता पेश गरे जुन कुरामा नेपाल ले चीन पक्ष संग परामर्श गरि संयुक्त प्याकेज ल्याउन सक्ने छ । विपद् जोखिम न्यूनीकरण र आपत्कालिन सहायताको लागि गृह मन्त्रालय र चीनको आपत्कालिन व्यवस्थापन मन्त्रालयबीच सोको लागि समझदारी भएको छ । त्यसै गरि अरु विपद नियन्त्रण सहयोगमा नेपालमा चाइना एड अर्थक्वेक मनिटरिङ नेटवर्क प्रोजेक्टको लागि कार्य गर्ने कुरामा पनि सहमति भैसकेको छ जसको कार्यान्यवनका लागि नेपालले तादरुकता अप्नाउन जरुरी छ ।।

गरिवी जीवनस्तरमा  अभिवृद्धि

नेपालीको जीवनस्तर उकास्नका लागि सन् २०२० देखि २०२२ सम्मका लागि ३.५ अर्ब आरएमबी उपलब्ध गराइने कुरा राष्ट्रपति सी ले उल्लेख गरे जसको लागि नेपाल तर्फबाट विस्तृत कार्यक्रमहरु तयार गरिनुपर्ने छ । नेपालले जिविकोपार्जन र आममानिसको जीवन स्तर उकास्नका लागि सहयोगात्मक कार्यक्रमको खाका कोर्ने सके चीनिया सहयोगले विपन्न सामुदयको जीवनमा केहि हद सम्म परिवर्तन ल्याउन सकिनेछ ।

सौहार्द सम्बन्धको प्रतिवद्धता

राष्ट्रपति सी ले दुइ देशको सौहार्द सम्बन्धमा “नेपाल र चीन बीच अरु केहि हैन मित्रता मात्र” रहेको उल्लेख गरे  । साथै दुई देश विचको सम्बन्ध जीवन्त राख्न आपसी समझदारीमा जोड र धेरै जस्तो रुपले छिमेकीको समस्या सीमा विवाद हुने यथार्थलाई बुझेर सीमा व्यवस्थापन प्रणालीको लागि सम्झौता, सीमा सुरक्षा उपकरण र कार्यालय उपकरणको लागि पत्र आदानप्रदान गरेका हुन्। यो सम्झौताले विद्धमान सीमा सम्बन्धि असन्तुष्टि र भविष्यमा  हुने कुनै पनि सीमा विवादलाई हाल गर्न सक्ने छन ।  त्यसै गरी दुवै देशको सुशासन क्षमता अभिवृद्धिकालागि लागि समझदारी कायम भएको छ । काठमाडौं महानगरपालिका र चीनको नानजिङ सिटीबीच तथा बुटवल उपमहानगरपालिका र चीनको जियाङ सिटीबीच भगिनी सम्बन्ध स्थापनाको सहमति पनि भएको छ । अपराध सम्बन्धी आपसी कानुनी सहायताको लागि सम्झौता र महान्यायाधीवक्ता कार्यालय र चीनको सुप्रिम पिपुल्स प्रोक्युरेटर्सबीच समझदारीकायम भएको छ। यी समझदारीहरुले दुवै देशको एक अर्काप्रति विश्वाश, सहयोग र सौहार्दतालाई वढावा दिनेछ। यसका लागि दुवै देशको एकअर्काप्रतिको उतिकै सहयोगको आवश्यकता हुनेछ जसका लागि दुवै देश हरपल तत्पर रहनुपर्नेछ  ।

द्विपक्षीय लगानीको प्रवर्द्धन

राष्ट्रपति सी को भ्रमणमा नेपालको राष्ट्रिय योजना आयोग र चीनको राष्ट्रिय विकास तथा सुधार आयोगबीच लगानीका प्रमुख परियोजनाको प्रवर्द्धन र उत्पादनमूलक क्षमतामा समन्वयनको लागि समझदारी भएको छ जसले लगानीको क्षेत्रको पहिचान गरी लगानी सुद्रिढ गर्ने सक्ने छन्। यसले लगानी प्रवर्द्धन गरी लगानीका नया आयामहरु को अध्ययन गर्ने सक्ने छन्  र हालका लागनी लाई नियमन र अनुगमन गर्ने सक्ने छ्न ।  त्यसैगरी लगानी समन्वय कार्यदल स्थापनाको लागि अर्थ मन्त्रालय र चीनको वाणिज्य मन्त्रालयबीच समझदारी भएको छ जसले नेपालमा लगानीकर्तालाई सहज रुपमा लगानी गर्ने वातावरणको निर्माण गर्ने सक्ने छ । ।

शिक्षा स्वास्थ

राष्ट्रपति सी को भ्रमणले दुवै देशको परम्परागत औषधि व्यावस्थापन, प्रवर्द्धन र उत्पादन सहकार्यकोका लागि  स्वास्थ्य मन्त्रालय र चीनको राष्ट्रिय परम्परागत औषधि प्रशासनबीच समझदारी भएको छ । त्यसै गरी जीवन दर्शन र अध्यात्मिक चिन्तन सम्बन्धि अध्ययन र अनुसन्धानका लागि त्रिभुवन विश्वविद्यालय र चीनको कन्फ्युसियस हेडक्वार्टरबीच त्रिभुवन विश्वविद्यालयमा कन्फ्युसियस ईन्स्टिच्युट स्थापनाको लागि सम्झौता भएको छ । यसले दुवै देश को स्वास्थ क्षेत्रवाट नतिजामुखी खोज र अध्यान गर्न सक्ने छन् भने नेपाल मा कन्फ्युसियस अध्ययन गर्नेलाइ सहजता प्रदान गर्ने छ। यो चीनको सफ्ट पावर अप्रोच पनि हो जसले नेपाललाइ कुनै हानि नोक्सानी हुने छैन। कन्फुसियस अध्ययन कुनै धार्मिक र सांस्कृतिक अध्ययन भन्दा पनि जीवन दर्शनको अध्ययन हो । यसको अध्ययनले वुद्धत्व झैँ जीवनलाई मार्गदर्शन गर्ने र मानिसमा अध्यात्मिक चेतको विकास गर्ने गर्छ । 

कतिको सफल भ्रमण ?

साधारणतय सी भ्रमण एतिहासिक रहेको कुरा नेपालको हीत र स्वार्थ केन्द्रित रहेर निर्धारित गरि विचारहरु आउदै छन र आउने छन । नेपालको हीत र स्वार्थहरुको कुन हद सम्म  सम्बोधित भयो ? नेपालले सी भ्रमणबाट  के के लाभ लिन सक्यो भन्ने कुरामा सीको भ्रमणको सफलतालाई  निर्धारित गरिदै छ र गरिएला। यो आ- आफ्नो विचार र तर्क संगत सहि होलान तर नेपालको वर्तमान अन्तराष्ट्रिय सम्बन्धको माग अन्तरदेशीय समबन्धमा राष्ट्रिय स्वार्थको सीमित दायरा भित्र खुम्चिनु हैन बरु अन्तराष्ट्रिय जगतमा  प्रथामिकतामा पर्नु हो र राम्रो र छवि निर्माण गर्नु हो । त्यसका लागि अधिकतम शक्ति राष्ट्रहरु संगको मित्रतालाइ जॊड दिनु हो । त्यसमा पनि  चीन जस्तो छिमेकी मित्रराष्ट्र र विश्वउदयीमान शक्ति संगको सम्बन्धमा नेपालले प्राथमिकता पाउनु र उच्चस्तरीय भ्रमण हुनुले नेपालको अन्तराष्ट्रिय छवि र पहिचानमा  ठुलो महत्व राख्छ। यस अर्थमा राष्ट्रपति सी को भ्रमण आफैमा एतिहासिक भयो भन्ने भनिराख्नु पर्दैन ।

हिमालको शीर संगै जोडिएको छिमेकी बाट २३ वर्षपछि भ्रमण हुनु आफैमा ठुलो उपलव्धि हो । यो उपलव्धि कुनै पनि राष्ट्रिय हीत र स्वार्थ भन्दा माथि हो किनकि यो भ्रमणले नेपालको अन्तराष्ट्रिय महत्व अवश्य पनि बढाइ  दिएको छ । विश्वको उदयीमान शक्तिको शक्तिशाली र प्रभावशाली नेताले नेपाल टेक्नु भनेकै उनको प्राथमिकतामा परेरै हो ।  त्यसैले भ्रमण उपलव्धिमुलक भन्नु हत्तारो होला तर एतिहासिक भन्दा कुनै फरक नपर्ला । भ्रमण उपलव्धि मुलक हुन यहाँको चलन अनुसार ठुलो आर्थिक सहयाता  भ्रमण संगै भित्रिनु मात्र हो तर सी भ्रमणको प्रतिवद्धता र सहमतिहरु केलाउने हो भने नेपालको हीतमा चीनको तर्फबाट स्पष्ट मार्गचित्र सहितको दिर्घकालिन सहयोग झल्किन्छ। सी का प्रतिवद्धताहरु चेक हुन् यसलाई क्यास गर्ने नेपालको तदरुकतामा भर पर्छ । सी ले जसरी आफ्नो माटो र देशको लागि स्पष्ट मार्गचित्र सहीतको दिर्घकालिन मुद्दा र योजानाहरुको उठान गर्छन तयही अनुरुप नेपालको समयानुकुल हीत र दुवै देशको सम्बन्धको लामो दुरीको मार्ग चित्र कोरेर गएका छन।

नेपाल को अबको भूमिका के ?

नेपालको हालको नेतृत्वलाई सी को भ्रमण लाई उपलव्धिमुलक सावित गर्नुपर्ने चुनौती आइपरेको छ । राष्ट्रपति सी ले नेपाललाई दिएको चेक लाई क्यास गर्ने हालको नेतृत्वको प्रमुख जिम्मेवारी हो। त्यसको लागि नेतृत्वमा समझदारी र प्रतिवद्धताहरुप्रति दृढताका साथ लगनशिलता र मिहिनेत चाहिन्छ । चीनिया राष्ट्रपतिले भनेझै जनताको मन जित्न जनताप्रति समर्पित हुनु आवश्यक छ। हाल गरिएको सम्झौताहरुको कार्यान्यवनका लागि इच्छाशक्ति र कौसल कुटनीति नितान्त आवश्यक  छ ।  यी सम्झौताहरु सरकार मात्रै हैन सिङ्गै देशको कार्यकौशलता र सक्षमताको परिक्षा हो  जसको सफलताले नेपालप्रति को विश्वासमा बढावा ल्याउनसक्दछ ।

भूपरिवेष्ठित सी चिन्फिंग

विशेष