Technology

कमिलो उड्ने सिद्धान्तमा बनाइएको हुन्छ हेलिकोप्टर 

कमिलो उड्ने सिद्धान्तमा बनाइएको हुन्छ हेलिकोप्टर 

रातदिन हाम्रो आकासमा हेलिकोप्टर घुमिरहेको हुन्छ । सुगम होस् या दुर्गम जताततै हेलिकोप्टरको पहुँच रहेको हुन्छ । काठमाडौं र राजधानी बाहिरका अस्पतालले अस्पतालको छानामै हेलिप्याड बनाएका छन् । सुत्केरी महिलाका लागि सरकारले निशुल्क हेलिकोप्टर सेवा दिने घोषणा गरेको छ । हिमालमा अलपत्र परेका आरोही हुन या बाढीको चपेटामा परेका पीडित यी सबैको राहतका हेलिकोप्टर उपयोग भएको हुन्छ । जस्तोसुकै ठाउँमा पनि सहजै अवतरण गर्न सक्ने भएकाले पनि यसको उपयोगिता बहुआयामिक बनेको हो । विज्ञान र प्रविधिको यो चमत्कार मानिने यो साधन कसरी उड्छ ? यो धेरैका लागि उत्सुकताको विषय बन्न सक्छ । 

कमिलो जुन सिद्धान्तमा उड्छ, हेलिकोप्टर पनि सामान्यत त्यही सिद्धान्तमा बनाइएको हुन्छ । हेलिकोप्टर उड्नमा त्यसमा जडित पंखाको गतिको मुख्य भूमिका हुन्छ । पंखालाई यति धेरै गतिमा घुमाइन्छ कि त्यसको गतिले पंखा मुनिको भागमा भएको हावालाई विस्थापित गरिदिन्छ । सो हावाको ठाउँ ओगट्न आउने हावाको दबाबले हेलिकोप्टरको भार उठाउँछ । 

पौराणिक कथामा चलाइएको चक्र पनि यही सिद्धान्तमा आधारित थियो भन्ने अनुमान छ । हेलिकोप्टरको मुख्य अंश त्यसको माथिल्लो भागमा लगाइएका ठूला ठूला ब्लेडहरु हुन् । ती ब्लेडहरु दुईदेखि सातवटासम्म हुन्छन् । ती ब्लेडहरुलाई मोटरको सहायताले पंखाको जस्तो, एउटै तहमा र निश्चित दिशामा घुमाइन्छ । यी ब्लेडहरु थोरै तेर्सो पारेर घुमाइन्छ र घुमेको समय यी ब्लेडहरुको तलको हावामा दबाब कम होस्  ता कि हेलिकोप्टरलाई माथि पुग्न बल पुगोस् । 

हेलिकोप्टर उड्नका लागि ब्लेडहरुको गति र तेर्सोपनको मुख्य भूमिका रहन्छ । जति ठूलो हेलिकोप्टर हुन्छ, त्यसलाई माथि उठाउन उति नै ज्यादा गतिमा घुम्ने ब्लेडहरु राख्नुपर्ने हुन्छ । आधुनिक हेलिकोप्टरमा यी ब्लेडहरुको गति दुईसयदेखि चारसय चक्कर प्रतिमिनेट हुन्छ । यही गतिमा घुम्नका लागि अर्को एउटा पाहुना टर्बाइन लगाइएको हुन्छ । टर्बाइनले गियर बक्सको सहायताबाट रोटरलाई घुम्न नियन्त्रण गर्छ ।

यदि हेलिकोप्टरमा एउटै मात्र रोटर भए ब्लेडको घुम्ने दिशा बद्लिन सक्छ । त्यसैले यो दुर्घटना नहोस् भन्नका लागि हेलिकोप्टरको माथि एकभन्दा माथि अर्को एउटा रोटर लगाइन्छ । जसले ब्लेडहरु घडी घुम्ने दिशामा घुमेर हेलिकोप्टरलाई स्थिरता प्रदान गर्दछ । यो रोटर पनि मुख्य रोटरको गियर बक्ससंग यसरी जोडिएको हुन्छ, जसले मुख्य ब्लेडहरुको गति बढ्ने वा घट्ने प्रक्रियाको साथ त्यो रोटरको गति पनि तद्नुसार बढ्ने घट्ने हुन्छ । 

हावामा उड्दै गरेको हेलिकोप्टरको नियन्त्रणका लागि त्यसमा धेरै नियन्त्रणका उपायहरु अपनाइन्छन, जसको सहायताले रोटरको माध्यमबाट ब्लेडको तेर्सोपनमा तिनीहरुलाई घुम्न मद्दत गर्छ । हेलिकोप्टरलाई धेरै उचाईसम्म उठाउन ब्लेडहरुको उल्लेख्य भूमिका रहन्छ । हेलिकोप्टरलाई अघि बढ्न र माथि उठाउन रोटरलाई घुमाए ब्लेडहरुलाई घुमाउने काम क्षणमा नै सम्भव हुन्छ । 

सबैभन्दा शक्तिशाली हेलिकोप्टरले ४० टन भार उठाउन सक्ने र सबैभन्दा अधिक गतिमा उड्ने हेलिकोप्टर ४५० किमी प्रति घण्टासम्म बनाइएको छ । हेलिकोप्टरको विकास आधुनिक युगको देन हो । प्रसिद्ध दार्शनिक तथा वैज्ञानिक लु मार्तोले यस्तो हेलिकोप्टरको नमूना बनाएका थिए । सर्वप्रथम मनुष्यलाई बोकेर हिँड्न सक्ने क्षमताको हेलिकोप्टरको निर्माण फ्रान्सेली वैज्ञानिक पौल कोरोनले सन् १९०७ मा गरेका थिए ।

जर्मन डिजाइनर हेनरिच फकले सन् १९३६ मा पनि हेलिकोप्टरको प्रयोग गरेका थिए । तर आज हामी हेलिकोप्टरलाई जुन रुपमा जान्दछौं, त्यसको निर्माण श्रेय सिर्गोस्की नामका इञ्जिनीयरलाई जान्छ । उनले बनाएको हेलिकोप्टर बी एक्स– ३१६ ए अमेरिकी सेनाद्वारा सन् १९४२ मा प्रयोगमा ल्याइएको थियो । 
 

हेलिकोप्टर ब्लेड

विशेष