सैफ करिनाको विवाहको आज ७ बर्ष पुरा , हेर्नुहोस रोयल कपल्सका बिवाहका केहि अदृश्य तस्बिरहरु !
एजेन्सी। बलिउड अभिनेता सैफ अलि खान र अभिनेत्री करिना कपूर बलिउडमा मस्ट वान्टेड कपल्स हुन्। सैफ र करिना बिचको माया उनीहरुको केमेस्ट्री देखेरै नजरअन्दाज लगाउन सकिन्छ। यी दुईइ कपल्स आज आफ्नो विवाहको सातौ एनभर्सरी मनाउदै छन। यहि अवसरमा यी दूईको विवाहको अदृश्य तस्बिरहरु सामाजिक संजालमा भाइरल भएका छन , आउनुहोस हामी पनि हेरौं यी दुई रोयल कपल्सका विवाहका अदृश्य तस्बिरहरु
सन् २०१२ अक्टोबर १६ तारिखका दिन सैफ र करिना बिवाह बन्धनमा बाँधिएका हुन्। बिवाह भएको लामो समय भईसक्दा पनि यी दूईको दाम्पत्य जीवन सुखद बितिरहेको छ।
करिना र सैफको बिवाह परिवार नजिकका केहि आफन्तका बीचमा भएको थियो। योसंगै विवाहमा बलिउडका केहि कलाकर्मीको समेत सहभागी रहेको थियो।
चलचित्र टशनको सुटिंगको दौरानमा एक अर्कासंग नजिकिएका सैफ र करिना लामो समयको प्रेम सम्बन्ध पश्चात बिवाह बन्धनमा बाँधिएका हुन्।
यी दूइका एक छोरा पनि रहेका छन जसको जन्म सन् २०१६ भएको हो। सैफ करिनाका छोरा तैमुर भारतका सबैभन्दा लोकप्रिय स्टारकिड हुन्।
कामको कुरा गर्ने हो भने सैफ करिना पछिल्लो समय आफ्नै शेद्युलमा ब्यस्त रहेका छन। करिना चलचित्र अंग्रेजी मिडियम , तख्त ,गुड न्युज लागयतका चलचित्र करिनाका प्रदर्शनको क्रममा रहेको चलचित्रहरु हुन्।
त्यस्तै सैफद्वारा अभिनित लाल कप्तान प्रदर्शनको क्रममा रहेको छ भने उनि वानी जानेमन, भूत पुलिस र तानाजीमा व्यस्त रहेका छन।