स्वास्थ्य

धेरै रिस उठ्छ ? उसो भए यसो गर्नुहोस

धेरै रिस उठ्छ ? उसो भए यसो गर्नुहोस

भनिन्छ 'रिसले आफैलाई खान्छ' कहिले कहिँ मानिसमा अस्वाभाविक रिस अनि क्रोध पैदा हुन्छ जसलाई नियन्त्रण गर्न नसकेको खण्डमा कुनै बेला सम्बन्धमै  दरार उत्पन्न हुन पुग्छ। यदि तपाईलाई अत्याधिक रिस उठ्छ भने यसलाई नियन्त्रण गर्नका लागि यस्ता उपायहरु अपनाउन सकिन्छ। 

- जब हामीलाई रिस उठ्छ तब हाम्रो शरीरको रक्तचाप र सुगरको मात्रा बढ्न पुग्छ।  यस्तो अवस्थामा काँचो नरिवल या नरिवलको पानी खाने गर्नाले रिसलाई आफ्नो बशमा राख्न सकिन्छ।  

- रिसलाई कम गर्नका लागि नियमित रुपमा हरिया सागसब्जीको सेवन गर्नु आवश्यक छ।  यसले मांशपेसीमा आराम पुर्याउनका साथै मस्तिष्कलाई शान्त बनाउछ।  

- बदाममा भरपुर मात्रामा पौष्टिक तत्व पाइन्छ।  यसलाई राती  भिजाएर हरेक दिन बिहान खाने गर्नाले दिमागको नसामा  प्रभावकारी तरिकाले काम गर्छ र सजिलोई नियन्त्रण हुन मदत पुर्याउछ।  

- चकलेट रिस नियन्त्रणका लागि उपयोगी हुन्छ।  रिस उठेको बेला डार्क चकलेटको सहारा लिएर पनि रिस नियन्त्रण गर्न सकिन्छ।   

 

विशेष