'छ माया छपक्कै' को सफलतासंगै दीपक दिपाले 'छन् गेडी सबै मेरी' निर्माण गर्ने !
काठमाडौँ। नेपाली सिनेमा क्षेत्रका कुशल निर्माता , एवम कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाले 'छ माया छपक्कै' पश्चात' छन गेडी सबै मेरी' को निर्माण गर्ने घोषणा गरेका छन। छ अक्षर आफ्ना लागि लक्की भएको बताउदै आएका दीपक दीपाले पुन छ अक्षरबाट नै फिल्मको नाम जुराएका छन।
चलचित्र ६ एकान ६ मार्फत चलचित्र निर्माणमा होमिएका दीपक दीपाको सहयात्रा 'छ माया छपक्कै' सम्म कायम रहेको छ। केहिदिन अघि मात्र प्रदर्शनमा आएको चलचित्र 'छ माया छपक्कै' ले बक्स अफिसमा उधुम मच्चाईरहेको बेला उनीहरुले यस्तो घोषणा गरेका हुन्। जितु नेपाल , केदार घिमिरे , केकी अधिकारी , दीपकराज गिरि लगायतका कलाकारको मुख्य अभिनय रहेको यस चलाचित्रलाई दिपेन्द्र लामाले निर्देशन गरेका हुन भने चलचित्रका निर्माता रोहित अधिकारी हुन्। यो फिल्म राजनीतिक प्रेम कथामा आधारित रहेको छ।
यो संगै छन् गेडी सबै मेरीलाई भने ‘झ्यानाकुटी’ फेम्ड निर्देशक सिमोस सुनुवारले निर्देशन गर्दैछन् । फिल्ममा उनकै लगानी रहनेछ । दीपक-दीपाको समुहले नाफाको ६० प्रतिशत लिने सर्तमा यो फिल्म गर्न लागेको हो । फिल्मको स्क्रिप्ट लेख्ने काम भने प्रदिप भारद्वाज गरिरहेका छन। फिल्मलाई अर्को बर्ष दशैमा प्रदर्शनमा ल्याउने दीपकराज गिरीको तयारी रहेको छ।