वुमन्स च्याम्पियन्स लिग : क्वाट क्विन्स काठमाडौँको पहिलो जित
काठमाडौँ । वुमन्स च्याम्पियन्स लिग ‘डब्लुसीएल’मा क्वाट क्विन्स काठमाडौंले पहिलो जित निकालेको छ । आज विहान भएको खेलमा काठमाडौंले पोखरा पल्टनलाई ८२ रनले पराजित गरेको हो । किर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा काठमाडौंले दिएको १ ए ५३ रनको फराकिलो लक्ष्य पछ्याएको पोखरा १६ ओभर ५ बलमा अलआउट हुँदै ७० रनमा समेटिएको हो ।
पोखराका लागि कप्तान सिता राना मगरले १७ तथा बिन्दु रावलले १३ रन जाडेपनि अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । काठमाडौंकी सरस्वती कुमारी र अप्सरी बेगमले दुई(दुई विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५२ रन बनाएको थियो ।
काठमाडौंको लागि कप्तान रुबिना क्षेत्रीले अविजित रहदै ८३ रनको अर्धशतकीय इनिङ्स खेलिन । जारी लिगमा यो पहिलो अर्धशतक समेत हो । काठमाडौंका लागि रोमा थापाले १९, सोभा आलेले १२ तथा ईश्वरी बिष्टले अविजित १० रन जोडे ।
पोखराकी अनुराधा चौधरीले ४ तथा कविता कुँवरले १ विकेट लिइन् । जितसँगै काठमाडौंले २ खेलमा २ अंक जोडेको छ । पहिलो खेलमा काठमाडौं चितवनसँग ५ विकेटले पराजित भएको थियो ।