क्यानको पहिलो बैठक आइतबार बस्ने
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट सशर्त निलम्बन फुकुवा भएपछि नेपाल क्रिकेट संघ (क्यान) को पहिलो बैठक आइतबार बस्ने भएको छ । मुलपानीस्थित क्यानको कार्यालयमा बस्ने बैठकले आईसीसीको निलम्बन फुकुवासम्बन्धी विषयमा छलफल गर्ने क्यानका सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए ।
असोज १० र ११ गते काठमाडौंमा भएको क्यान निर्वाचनबाट चतुरबहादुर चन्दको टोली नेतृत्वमा आएपछि आईसीसीले क्यानको निलम्बन फुकुवा गरेको हो । बैठकमा आईसीसीले भनेका ‘सर्त’ बारे छलफल हुनसक्ने सचिव प्याकुरेलले बताए । निलम्बन फुकुवा भइसकेपछि पहिलो पटक बस्न लागेको हो ।