९ महिनामै अभिनय गर्ने अनुभव (फोटोफिचर)
अनुभव रेग्मी नेपाली सिनेमाका अत्यन्त व्यस्त बालकलाकार हुन् । अचम्म त के छ भने ९ महिनाको उमेरदेखि नै उनले नेपाली सिनेमामा काम गरेका हुन् ।
९ महिनामै उनले काम गरेको सिनेमाको नाम थियो– तोड । त्यसलगत्तै ‘भीजा गर्ल’ सिनेमामा अभिनय गरे ।
उनकी आमा कविता रेग्मी एक समयकी कलाकार र मोडल भएका कारण पनि अनुभवका लागि कलायात्रा सहज बन्यो ।
सानै उमेरमा धेरै सफलता पाउने कलाकारमा उनको नाम अग्रपंक्तिमा आउँछ । उनी अहिले १२ वर्षमा दौडिरहेका छन् ।
त्यसपछि विभिन्न विज्ञापनमा खेलेको अभिनयबाट प्रभावित भई निर्देशक विकासराज आचार्यले सिनेमा ‘नाइँ नभन्नु ल २’ मा शीर्ष भूमिकामै उनलाई लिए ।
६ कक्षामा पढिरहेका उनी सलमान खानको प्रेरणाबाट आफू कलायात्रामा लागेको बताउँछन् ।