विश्व हल्लाउन सफल जासूस महिला
माताहारी
सन् १९७६ माम इङ्ल्याण्डको एक मध्यमवर्गीय परिवारमा जन्मेर कन्भेन्ट स्कुलमा शिक्षा प्राप्त गरेकी माताहारी बीसौं शताब्दकिा विश्व प्रसिद्ध महिला जासूसहरु मध्ये एक मानिन्छिन् । उनी नामूद नृत्यांगना थिइन । यही नृत्यको जादूले उनले थुप्रै शक्तिशाली पुरुषलाई वशिभूत तुल्याइन । हल्याण्डको सैनिक अधिकारी मक्लोडसंग विवाह गरेपछि उनका एक छोरा र छोरी जन्मे । ती दुवैको पछि हत्या भयो । तर माताहारीलाई सन्तान शोकको पीडा उठी सुख, बसी सुख बनायो । प्रतिशोधको आगो बल्यो । उनले पनि त्यो हत्यारालाई निर्ममतापूर्वक मारिदिइन । यत्रो हत्या गरेर पनि माताहारी पुलिसबाट बच्न सफल भइन ।
सन्तानको हत्यापछि गृहस्थी जीवनप्रति उनी उदासिन बन्न पुगिन । तत्कालै पतिसंग सम्बन्ध विच्छेद गरिन । उनी फगत एक्ली भइन । अनि त जीवनले नयाँ कोर्स शुरु गर्यो लण्डन, पेरिस, जर्मनी, फ्रान्सका ठूलाठूला होटल र नाईटक्लबमा नाच्न थालिन । यस पेशाबाट उनले नाम र दाम दुवै कमाइन । यतिकैमा प्रथम विश्वयुद्ध शुरु भयो । उनी त्यो युद्धका लाग जासूसी गर्न थालिन । सानादेखि ठला गुह्य कुरा पनि उनको जानकारीमा आउन थाले । त्यसैबेला एउटा गोप्य कुरा खोलेको १० लाख फ्र्यांक पारिश्रमिक लिन्थिन ।
माताहारी व्यावसायिक नर्तकी भएकाले ठूलाठूला सैनिक समक्ष पनि नाच देखाउँथिन । उनी यसरी नाच्थिन कि जुन नाचबाट सम्मोहित भएर ती सैनिक अधिकारीहरु उसका सामू जुनसुकै रहस्य सजिलै खोल्दथे । यही कर्म गरिरहेकै अवस्थामा माताहारी गिरफ्तारीमा परिन । सन् १३ अक्टुबर १९१७ मा फ्रान्सको एक अदालतले उनलाई मृत्युदण्ड दियो ।
मर्थी रचर
महिला जासूसी इतिहासमा मर्थी रचरको नाम प्रसिद्ध छ । उनले एक फ्रान्सेली सैनिक अधिकारीसंग विवाह गरेकी थिइन । तर १९१६ मा पतिको हत्या भयो । पति हत्याको शोकले मर्थीलाई ठूलो मानसिक आघात पर्यो । उ नितान्त एक्ली थिइ । अब के गर्ने भन्ने द्विविधाले ठूलो संकट आइलाग्यो । त्यो संकट घडीमा उसलाई फ्रान्सको गुप्तर विभागमा काम गर्ने लारोस नामका एक कर्मचारीको याद आयो । जो संग उसको परिचय थियो ।
मर्थीले लारोससंग भेटघाट गरिन । उसले मर्थीमा सफल जासूस हुने गुण पायो । तत्कालै प्रथम श्रेणीको जासूसमा नियुक्त गर्यो । लारोसले कल्पना गरेजस्तै मर्थीले थोरै समयमा आफ्नो कौशलता देखाइन । उनको कार्यकौशलको एउटा परिणाम थियो– जर्मन जासूसहरुको अति गोप्य बाटो पत्ता लगाउनु । जुन बाटोबाट जर्मनहरु फ्रान्स पस्दथे ।
प्रथम विश्वयुद्धपछि मर्थी फ्रान्स आइन तर फ्रान्सले उ प्रति कुनै सद्भाव देखाएन । गुप्तचर विभागले उसको सीप र कार्यदक्षताको खुबै प्रशंसा गर्यो तर पुरस्कारको रुपमा केही पनि दिएन । न त रोजगारीको कुनै अवसर नै दियो । अन्तत उनी निरास भएर इङ्ल्याण्डतिर लागिन । त्यहाँ फेरि दोस्रो विहे गरेर दाम्पत्य जीवन आरम्भ गरिन । फ्रान्सले जुन किसिमको दुव्यवहार देखायो, उनको मनमा आघात परेको थियो । यद्यपि आफ्नो काम लगन, इमान र कर्तव्यपरायण भई सम्पन्न गरेकोमा सन्तुष्टि पनि थियो । समयक्रममा उनको सेवाको फ्रान्सले कदर गर्यो । १९३३ राज्यले देशको सर्वाधिक ठूलो पुरस्कारले सम्मान गर्यो ।
रुथ क्वीन
अमेरिका विरुद्ध जापानीहरुलाई सहयोग पुर्याउने रुथ क्वीन एक खानदानी महिला जासूस थिइन । पर्ल हार्वर काण्डमा उनको जासूसी क्षमताले अहं भूमिका निर्वाह गरेको थियो । रुथको घर सामुद्रिक किनारमा थियो, जसको छतमा एउटा झ्याल थियो । यो झ्याल धेरै टाढाबाट पनि देखिन्थ्यो । यही झ्यालबाट रुथ आफ्ना जासूसी गतिविधि सञ्चालन गर्थिन । पर्ल टर्बरमाथि जापानीलाई हमला उनै गराउन लगाएकी थिइन ।
जुन काण्डमा ३ हजार अमेरिकी सोत्तर भए । दुईवटा युद्धपोत डुबे । तीनवटा क्षतिग्रस्त भए । हवाई जहाज र पानी जहाज कति नष्ट भए, त्यसको लेखाजोखा छैन । यस घटनामा रुथ क्वीन त्यही झ्यालबाट टर्चलाइट घुमाएर जापानी बमवर्षक विमानलाई बाटो देखाइरहेकी थिइन । यस आक्रमणपछि रुथ र उनको परिवार भाग्न चाहेका थिए तर उनीहरुको प्रयास असफल भयो । रुथ परिवारसहित अमेरिकीद्वारा गिरफ्तार भइन ।
क्रिस्टिना ग्रीनवेल
पोल्याण्डको एक परम्परागत परिवारमा जन्मेकी क्रिस्टिना स्वर जो जासूसी संसारमा त्रिस्टिना ग्रीनवेलका नामले प्रसिद्ध भइन । उनी हेर्दा जति रुपवान थिइन, त्यति नै साहसी पनि । युद्धको बेला उनले शत्रु सैन्यमाथि अपनाएको विध्वंशकारी गतिविधि र भूमिगत आन्दोलनका कारण उसलाई यो पेशामा लोकप्रियता हासिल भयो ।
क्रिस्टिनाको घर पोल्याण्ड र रुसको सीमा क्षेत्रमा थियो । उसको बालापन अत्यन्तै कठिन परिस्थितिमा बितेकाले सानैदेखि कठोर बनायो । उनी पोल्याण्डमा ‘व्यूरो क्वीन’ समेत भइसकेकी थिइन । जर्मनीले पोल्याण्डमाथि आक्रमण गर्दा उनका पति मारिए । क्रिस्टिना र उनका दुई साथी जासूसी गरेको अभियोगमा समातिए । यो गिरफ्तारीपछि उनीहरुलाई मृत्युदण्ड दिने तयारी भइरहेका बेला कृष्टिना चलाखीपूर्ण तरिकाले उम्किइन ।
उनी ज्यान बचाउन त सफल भइन तर त्यसपछि आर्थिक अवस्था जर्जर बन्यो । त्यसपछि बाँच्नका लागि पानीजहाजमा काम गर्न थालिन । यसैबेला डेनिस जर्ज नाम गरेको एक युवासंग उनको मायाप्रेम बस्यो । तर क्रिस्टिनासंग उसको सम्बन्ध धेरै टिकेन । आफ्नो भनाई नमानेको आवेगमा त्यो युवाले क्रिस्टिनामाथि चक्कु हानेर हत्या गर्यो । पुलिसले तत्काल समातेर डेनिसलाई पनि मृत्युदण्ड दियो ।
माताहारी मर्थी रचर