राशिफल

कात्तिक महिना कुन राशीका लागि कतिको शुभ रहला ? हेर्नुहोस मासिक राशिफल !

कात्तिक महिना कुन राशीका लागि कतिको शुभ रहला ? हेर्नुहोस मासिक राशिफल !

कात्तिक महिनाको मासिक राशिफल 

मेष  (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) -  Aries

पति पत्नीका बिचमा सामान्य असमझदारी देखिनाले गृहस्थ जीवन तनावमय रहला।  व्यापारमा मनग्गे लाभ हुनाले आर्थिक स्थितिमा सुधार भएर जानेछ।  आस मारेका काम बन्नाले मन उत्साहित रहनेछ।  भौतिक साधन जोड्ने समय रहेको छ। सामाजिक मान प्रतिष्ठामा आंच आउन सक्ने भएकाले बिशेष सावधानी अपनाउनु पर्नेछ।  

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) -Taurus

हिम्मतका साथमा काम गर्दा मनग्गे फाइदा हुनेछ। शत्रुले नकारात्मक समयको फाइदा उठाउलान सजक रहनु पर्नेछ।   नयाँ उद्योग वा व्यवसाय सुरु हुनेछ। पहिलेको सफलताले थप कार्य गर्न हौसला बढ्नेछ।  स्वास्थ्य सामान्य रहला।  

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह) - Gemini

वादविवादले समस्या निम्त्याउनेछ।  बौद्धिक क्षमता बढ्नुका साथै अध्ययनमा राम्रो नतिजा हासिल गर्न सकिनेछ। बैदेशिक यात्रा सुखमय रहनेछ। क्षमता प्रदर्शन गरेरै स्वरोजगार बन्न सफल भइनेछ। भातृत्व सुख प्राप्त हुनेछ।  अवसरका लागि केही दौडधुप र संघर्ष गर्नुपर्ला।  

कर्कट  (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) - Cancer

घर–जग्गा वा स्थायी सम्पत्तिमा केही विवाद आउन सक्छ। माताको स्वास्थ्यसम्बन्धी समस्याले पिरोल्ने छ।  अध्ययन अध्यापनमा सफलता मिल्नेछ।  साथीभाइको सहयोग जुट्नाले परिस्थिति अनुकूल बन्नेछ। व्यापार व्यवसायको क्षेत्र अनुकुल रहला।  असंयम व्यवहारले समस्या निम्त्याउनेछ।  

सिंह  (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) - Leo

कीर्तिमानी काम शुभारम्भ हुनेछ। सानो प्रयत्नले जीवनशैलीमा सुधार ल्याउन सकिनेछ।  मिहिनेतले सफलताको उचाइमा पुर्याउन सक्छ। सामाजिक मान प्रतिष्ठामा वृद्धि हुनेछ।  नोकरीमा पदोन्नतीको योग रहेको छ।  लामो समयदेखि रोकिएका काम बन्नाले मनमा उत्साह थपिने छ।  शत्रु परस्त भएर जानेछन।  

कन्या  (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)  -Virgo

साहित्य लेखनको कार्यमा रुचि बढ्नेछ।  प्रेम र मित्रताको बन्धन कसिनेछ। शुभचिन्तकहरूको सुझावलाई विशेष ध्यान दिनुपर्नेछ।  अवसरका लागि केही दौडधुप गर्नुपर्ने छ।  कामको उचित मुल्यांकन पाइने छ।   शिर वा आँखाको समस्याले सताउन सक्छ। धनमाल हरुने सम्भावना रहेकाले सजक रहनु पर्नेछ।  

तुला  ( र, रि, रु, रे, रो, ता, ति, तु, ते) - Libra

आम्दानी र खर्चको सन्तुलन मिलाउन नसक्दा अर्थ अभावले सताउन सक्छ। विवादमा पारिनेछ। मिहिनेतको राम्रो प्रतिफल प्राप्त हुनेछ भने महिनाको उत्तरार्धमा दिगो काम प्रारम्भ हुनेछ।  नजिकका साथीभाइ टाढिनेछन् भने आफन्तसँग असमझदारी बढ्न सक्छ। स्वास्थ्य सामान्य रहनेछ।  

बृश्चिक  (तो, ना, नि, नु, ने, नो, या, यि, यु)  - Scorpio

व्यावहारिक उतारचढाव देखिने छ।  साथी भाईको साथ र सहयो प्राप्त हुनेछ।  भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ। बैदेशिक यात्रा सुखद रहनेछ।  पारिवारिक असमझदारी बढ्नेछ।  सरकारी कार्यबाट खासै सफलता प्राप्त हुने छैन।  

धनु  (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)  - Sagittarius

मिहिनेत गर्दा यो महिना निकै फलदायी रहनेछ। । अध्ययन–अनुसन्धानमा प्रगति हुनेछ।  कृषि र पशुधनबाट पनि थथेष्ट लाभ मिल्नेछ।  सुखद समाचार सुन्न पाइने छ।  भोग विलासमा समय व्यतित हुनेछ।  प्रतिस्पर्धीलाई परास्त गर्न सकिनेछ। नोकरीमा व्यवसायमा बिशेष लाभ हुने देखिन्छ। 

मकर  ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)  - Capricorn

कीर्तिमानी काम सम्पादन गर्दै दाम, इनाम र प्रतिष्ठा कमाउने मौका छ।  बोलीले धेरैअको मन जित्न सकिनेछ।  तिष्ठित व्यक्तित्वसँग भेटघाट हुनेछ। यात्रा कष्टदायी रहला।  प्रेम र मित्रताको बन्धन कसिने योग रहेको छ।  व्यापार तथा उद्योगतर्फ मनग्गे फाइदा उठाउन सकिनेछ ।  

कुम्भ  (गु, गे, गो, सा, सि, सु, से, सो, द)  -Aquarius

स्वास्थ्यका लागि खर्चनुपरे पनि व्यावहारिक समस्या समाधान हुनेछन्। स्थावर सम्पतिमा मनमुताव सिर्जना हुनेछ। धार्मिक तथा सामाजिक क्रियाकलापमा रुचि बढ्नेछ। अरूका काममा समय खर्चनुपर्नेछ।  बन्धुबान्धव तथा गुरुजनसँग आत्मीयता बढ्नेछ। 

मीन  (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)  - Pisces

 नयाँ काममा हात हाल्न केही समय प्रतीक्षा गर्नुपर्नेछ।  पारिवारिक असमझदारी बढ्नेछ।  चोटपटकको योग देखिएकाले सवारी एवं हातहतियारको उपयोग सावधानी अपनाउनु पर्नेछ।   राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्नेछ। अनावश्यक खर्च बढ्नाले आर्थिक समस्या देखिनेछ।  समग्रमा यो महिना तपाईका लागि केहि संघर्षमय रहने छ।  

विशेष