राशिफल

आज कार्तिक ३ गते आइतबार, तपाईका लागि कस्तो रहला ? हेर्नुहोस आजको राशिफल !

आज कार्तिक ३ गते आइतबार, तपाईका लागि कस्तो रहला ? हेर्नुहोस आजको राशिफल !

आज मिति २०७६ साल कार्तिक महिनाको ३ गते आइतबार तदअनुसार सन् २०१९ अक्टोबर 20 तारिख , तपाईका लागि कस्तो रहला ? आउनुहोस हेर्नुहोस तपाइको आजको राशिफल 

मेष–

रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन्। प्रतिस्पर्धामा पनि विजयी भइनेछ। व्यापार व्यवसायबाट सोचे अनुरुपको लाभ उठाउन सकिनेछ।  

वृष–

ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। चुनौती चिर्दै काम सम्पादन गर्न सकिनेछ। पढाई लेखाईमा सफलता मिल्ने छ।  

मिथुन

मातापिता, मान्यजन वा विशिष्ट व्यक्तिसँग विवादको सम्भावना छ । पठनपाठनमा राम्रै प्रगति हुनेछ । व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ।

कर्कट–

पहिलेको सम्झौताले अप्ठ्यारोमा पार्न सक्छ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ । बौद्धिक कार्यमा सहभागी भइने छ।  

सिंह

अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा लक्ष्य प्राप्त गर्न विलम्ब हुनेछ । कमजोर मानसिकताले पछि परिनेछ भने हिम्मत गर्दा पुरुषार्थी काम सम्पादन हुन सक्छ। दाम्पत्य जीवन सुखद बित्नेछ छ।  

कन्या–

विशेष योजना गोप्य राखेर अघि बढ्नुहोला। पुरानो गतिले काम बिग्रन सक्छ। बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ।स्वास्थ्यमा सामान्य समस्या देखिने छ।  

तुला–

समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला। गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। सामाजिक मान प्रतिष्ठामा वृद्धि भएर जानेछ।  

वृश्चिक–

अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ । सहयोगीहरूले काममा सहयोगको तत्परता देखाउनेछन् । पारिवारिक माहोल सुखद रहला। 

धनु–

आस मारेको फल पुनः प्राप्त हुन सक्छ। गोप्य रहस्य पत्ता लगाउन सकिने समय छ। तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ला । सुखद बैदेशिक यात्राको सम्भावना रहेको छ।  

मकर–

स्वास्थ्यमा अलि कमजोरी अनुभूति हुनेछ। केही चुनौती पनि सामना गर्नुपर्ला । व्यापार–व्यवसायमा लाभ हुनेछ। व्यावसाय विस्तारका लागि यात्रा पनि हुनेछ।

कुम्भ

सोख पूर्तिका लागि खर्च बढ्ला। दाम्पत्य सम्बन्धमा रमाउने समय छ । प्रेमको बन्धन कसिने बेला छ। दिन मनोरञ्जनपूर्ण रहनेछ । स्वादिष्ट भोजनको अवसर जुट्नेछ।  

मीन–

नयाँ ज्ञान सिक्ने मौका छ। आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ। आतिथ्यपूर्ण सम्मान पाइएला । धर्म कर्ममा बिशेष रुचि बढ्नेछ।  

विशेष