राशिफल

यो साता तपाईका लागि कस्तो रहला ? हेर्नुहोस साप्ताहिक राशिफल !

यो साता तपाईका लागि कस्तो रहला ? हेर्नुहोस साप्ताहिक राशिफल !

यो साता तपाईका लागि कस्तो रहला ?  हेर्नुहोस कात्तिक २ गतेदेखि ८ गतेसम्मको तपाईको साप्ताहिक राशिफल ! 

मेष  (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) -  Aries

टाढीएका आफन्तजनसंग सामिप्यता बढ्ने छ।  भौतिक सुख सुविधाका सामग्री खरिद गर्ने समय रहेको छ।  गरिएको कार्यमा खासै सफलता नमिल्ला।  धैर्यधारणका साथमा काम गर्नु पर्नेछ।  स्वास्थ्य सामान्य रहला।  समग्रमा तपैअका लागि यो साता मध्यम नै रहने छ।  

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) -Taurus

 अभिभावकको सुझावले उचाइमा पुर्यााउन सहयोग गर्नेछ।  प्रेम तथा मित्रताको बन्धन कसिने समय रहेको छ।  धार्मिक स्थलको यात्रा हुन सक्नेछ।  बोलीको नकारात्मक प्रभाव पर्न सक्ने भएकाले बाणी एवम व्यवहारमा भने संयमितता अपनाउनु पर्ने देखिन्छ।  मनोरञ्जनात्मक क्रियाकलापमा सहभागी हुन पाइनेछ ।  

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह) - Gemini

नया कामको शुभारम्भ गर्नका लागि समय उचित रहेको छ।  सामाजिक क्षेत्रबाट मानसम्मान प्राप्त हुनेछ।  नोकरी व्यवासयबाट राम्रै सफलता हात लागि हुनेछ।  धार्मिक एवम सामाजिक कार्यमा मन जानेछ।  समग्रमा तपाईका लागि यो साता सुखद रहनेछ।   

कर्कट  (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) - Cancer

मेहनत गरे अनुरुप कार्यमा सफलता नमिल्दा मानसिक चिन्ता बढ्नेछ।  अनावश्यक खर्चको मात्रा बढेर जानेछ।  आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । नयाँ वस्त्र, अलंकार खरिद गर्ने शुभ समय रहेको छ। पारिवारिक सुख समृद्धि प्राप्त भएर जानेछ।

सिंह  (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) - Leo

बोलीको प्रभावले धेरैको मन जित्न सकिनेछ।  मुद्धा मामलाको कार्यमा बिजयी भइने छ।  व्यक्तिगत काममा सफलता हात लागि हुनेछ।  भाग्यले बिभिन अवसर दिलाउने छ।  आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । नया कार्यको थलानी गर्ने शुभ समय रहेको छ।  

कन्या  (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)  -Virgo

नोकरीमा पदोन्नतिको योग रहेको छ। कामको उचित मुल्यांकन हुनेछ।   दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । धर्मिक कार्यमा मन जानेछ।  साथी भाईको यथेष्ट साथ र सहयोग मिल्ने देखिन्छ ।  शुभ समाचारले मन प्रफुल्लित हुनेछ।  

तुला  ( र, रि, रु, रे, रो, ता, ति, तु, ते) - Libra

वैदेशिक क्षेत्रमा गरिएका कार्यले अन्ततः फाइदा नै पुर्यागउनेछ । व्यापार व्यवसायको क्षेत्रबाट लाभ उठाउने समय रहेको छ।  एक पछी अर्को अवसरले सफलताको सिंढीमा पुर्याउने छ।  दाम्पत्यजीवन सुखद रहने छ।  

बृश्चिक  (तो, ना, नि, नु, ने, नो, या, यि, यु)  - Scorpio

लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला।  कला साहित्यको क्षेत्रमा गहिरो रुचि बढ्नेछ।  स्वास्थ्यमा सामान्य खराबी देखिने भएकाले खानपानमा बिशेष ध्यान पुर्याउनु पर्ने देखिन्छ।  पारिवारिक असमझदारी बढ्नेछ।  

धनु  (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)  - Sagittarius

बिगतका सफलताले थप कार्य गर्न हौसला बढाउने छ।  अधिकार प्राप्तिका लागि ठुलै  संघर्श गर्नु पर्ने छ।  व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुनेछ ।  धार्मिक यात्राको सम्भावना रहेको छ। 

मकर  ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)  - Capricorn

नयाँ बश्त्रालंकार खरिद गर्ने समय रहेको छ।  धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । यो साता सकेसम्म तपाई लामो यात्रामा नानिस्किदा नै राम्रो होला।  नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।  

कुम्भ  (गु, गे, गो, सा, सि, सु, से, सो, द)  -Aquarius

रमणीय स्थानमा घुम्न जाने अवसर मिल्नेछ।  सामाजिक एवम परोपकारी कार्यमा रुचि बढ्ने छ।  व्यापार व्यवसायमा राम्रै फाइदा पुग्ने देखिन्छ।  आकस्मिक धनलाभको सम्भावना रहेको छ।  परिवारमा खुसियाली छाउने छ।  वित्तिय संस्थाबाट सहयोग पाईनेछ ।  मान प्रतिष्ठामा वृद्धि हुनेछ।  

मीन  (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)  - Pisces

यो साता सकेसम्म नयाँ कार्यको थालनी नगर्दा नै राम्रो होला। खर्चको मात्रा बढेर जानेछ।  साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । प्रेम तथा मित्रताको बन्धन कसिने समय रहेको छ। मानसिक द्विविधात्मक विचारका कारण उचित निर्णय लिन नसकिएला।  समग्रमा मिन राशी हुनेहरुका लागि यो साता मध्यम फलदायी रहेको छ।  

 

 

 

साप्ताहिक राशिफल

विशेष