कतै तपाई पनि डिप्रेसनको शिकार त् हुनु भएको छैन ? यी लक्षणहरुबाट सजिलै थाहा पाउनुहोस्
आजकलको व्यस्त जीवनशैलीका कारण मानिसहरुसंग न त आफ्ना पिडा कसैलाई खुलस्तसंग भन्ने समय छ न त् सक्छन न त उनीहरुमा स्वीकार गर्ने क्षमत नै त्यसै कारणले स - साना समस्यालाई ठुलो सम्झिएर उनीहरु पछिल्लो समय मानसिक रोगि बन्न पुगेका छन। मानसिक रोगि या डिप्रेसन यिनै ब्यस्त जिवनशैलीका कारण देखिएका समस्याहरु हुन। डिप्रेसनको समस्यालाई सजिलै नजरअन्दाज गर्न त सकिदैन तर पनि यदि यस्ता लक्षणहरु देखिएको खण्डमा तपाईले आफुलाई या त आफ्ना साथीलाई डिप्रेसन भएको हो भन्ने थाहा पाउन सक्नुहुनेछ। आउनुहोस।
नियमित स्कुल या काममा नजानु
डिप्रेसनको मुख्य संकेत भनेको नियमित काममा नजानु या स्कुल नजानु हो। यस्तो अवस्थामा यिनीहरु आफ्नो दैनिक कामबाट भाग्न चाहन्छन र अनेक बहाना बनाई त्यहाबाट भाग्न चाहन्छन।
शारीरिक उर्जाको कमि
डिप्रेसनको शिकार भएकाहरुको शारीरिक क्षमता यति कमजोर हुन्छ कि उनीहरुलाई ओछ्यानबाट उठ्न पनि म्याराथनमा दौडिए बराबर लाग्छ। यस्ता व्यक्तिहरु कसैसंग घुलमिल हुन सक्दैनन् र साथमा यिनीहरुलाई सुत्नमा पनि समस्या देखिने गर्छ।
अधिक या कम खाना खानु
खाना कम खानु या बढी खानु डिप्रेसनको आम लक्षण हो। यस्तो अवस्थामा मानिस कि खाना खादै खादैनन् या त बढी खान्छन जसले गर्दा यिनीहरुको शारीरिक बदलाव छिट्टो हुने गर्छ ।
राम्रोसंग निन्द्रा नपर्नु
डिप्रेसनका ८० प्रतिशत मानिसहरु अनिन्द्राको शिकार हुने एक अध्ययनले देखाएको छ। यदि तपाईलाई पनि राम्रोसंग निन्द्रा पर्दैन भने तपाई पनि यसको शिकार हुन सक्नुहुन्छ।
कुलतमा फस्नु
डिप्रेसन , तनाव र अन्य मानसिक रोगिहरु सामान्यतया नशाको लतमा डुबेका हुन्छन। अन्तमा यिनिहरु आफ्नो दुख भुलाउनका लागि ड्रग्स या नशाको सहारा लिने गर्छन। लतमा गर्छन।
धेरै काम गर्नु
सायद धेरै कम मात्रलाई थाहा होला धेरै काम गर्नु पनि डिप्रेसनको संकेत हो भनेर। तर यसका अलावा केहि मानिस आफ्नो समस्यालाई भुलाउन या त्यसदेखी टाढा भाग्न पनि यस्तो उपाय अपनाउने गर्छन।