मुख्य समाचार

तुम्बाहाम्फेलाई उपसभामुखबाट हटाउने ओली र प्रचण्डबीच सहमति

तुम्बाहाम्फेलाई उपसभामुखबाट हटाउने ओली र प्रचण्डबीच सहमति

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सभामुख पद सुरक्षित गर्न उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराउने सहमति भएको छ।

सभामुख पदमा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा दुई नेताले केही दिनयता छलफल सुरु गरेका हुन्।

पूर्वमाओवादी समूहका नेतामध्येबाट सभामुखको उम्मेदवार बनाइउ उपसभामुख तुम्बाहाम्फेलाई मन्त्री बनाउन सकिने विकल्पमा पनि छलफल चलेको स्रोतले जनाएको छ। 

पूर्वमाओवादी समूहबाट देव गुरुङ, लेखराज भट्ट, पम्फा भुसाल, हरिबोल गजुरेल, अग्नि सापकोटालगायत नेता आकांक्षी छन्।

यौन दुर्व्यवहार आरोपका कारण कृष्णबहादुर महराले सभामुखबाट राजीनामा दिएपछि उक्त पद अहिले खाली छ। यो खबर नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।  

पुष्पकमल दाहाल ‘प्रचण्ड’ केपी शर्मा ओली शिवमाया तुम्बाहाम्फे

विशेष