खेल

विश्वकप छनोटः टेष्ट राष्ट्र आयरल्याण्डविरुद्ध यूएईको शानदार जित

विश्वकप छनोटः टेष्ट राष्ट्र आयरल्याण्डविरुद्ध यूएईको शानदार जित

काठमाडौंः आईसीसी टी–२० विश्वकप छनोट अन्तर्गत टेष्ट राष्ट्र आयरल्याण्डविरुद्ध घरेलु टोली यूएई विजयी भएको छ । शनिबार राति भएको खेलमा आयरल्याण्डलाई ५ विकेटले हराउँदै यूएई विजयी भएको हो ।

आयरल्याण्डले दिएको १२६ रनको लक्ष्य यूएईले १७ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । उसका लागि रोहन मुस्तफाले ८ चौकाको मद्दतमा १६ बलमा ३९ रनको विष्फोटक ब्याटिङ गरे ।

यस्तै दारिअस डिसिल्भा, मुहम्मद उश्मानले २९–२९ र वहीद अहमदले नटआउट १५ रनको योगदान दिए । बलिङमा आयरल्याण्डका मार्क आदिर, ब्वाइड र्याकिंन र डेभिड डेलानीले एक–एक विकेट लिए । यसअघि टस हारेर ब्याटिङको मौका पाएको आयरल्याण्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १२५ रन बनायो ।

उसका लागि ओपनर पउल स्टर्लिङले विष्फोटक ब्याटिङ गरे पनि टिमलाई जित दिलाउन सकेनन् । उनले ९ चौकाको सहयोगमा ५८ बलमा ७२ रन बनाए ।

अन्य खेलाडीले भने सन्तोषजनक प्रदर्शन गर्न सकेनन् । बलिङमा यूएईका रोहन मुस्तफाले घातक बलिङ गरे । उनले ४ ओभरमा १६ रन दिएर महत्वपूर्ण ४ विकेट लिए ।  

टी–२० विश्वकप छनोट विश्वकप छनोट आयरल्याण्ड भर्सेस यूएई

विशेष