म्यानमारबाटै जापान जाँदै राष्ट्रपति भण्डारी

म्यान्मारः राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्माका राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्माको राजकीय भ्रमण पूरा गरी आज बिहान जापान प्रस्थान गर्दै छिन् ।
थाइ एयरवेजबाट थाइल्याण्डको बैंकक हुँदै राष्ट्रपतिको प्रतिनिधिमण्डल राति जापान पुग्नेछ ।
जापानी सम्राट् नोरुहितोको राज्याभिषेकमा सहभागी भई नेपाली प्रतिनिधिमण्डल कात्तिक ६ गते स्वदेश फर्कने कार्यक्रम छ ।
विद्यादेवी भण्डारी म्यान्मार जापान