म्यान्मारकाे राजकीय भ्रमणपछि राष्ट्रपति भण्डारी जापान प्रस्थान
म्यान्माः राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्मारका राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्माको राजकीय भ्रमण पूरा गरी आज जापान प्रस्थान गरेकी छिन् । उनी थाइ एयरवेजबाट थाइल्याण्डको बैंकक हुँदै जापान प्रस्थान गरेकी हुन् ।
बैकक जानेक्रममा यांगुन अन्तरास्ट्रिय विमानस्थलमा राष्ट्रपति भण्डारीलाई म्यानमारका धार्मिक सम्बन्ध तथा संस्कृति मन्त्री थुरा उ अङ्को, याङुन राज्यका चिफ मिनिस्टर उ फ्यो मीन थिन र म्यानमार्का लागि नेपाली राज्दुत भिम उदास र दूतावासका अधिकारीहरुले बिदाई गरे ।
राष्ट्रपति भण्डारीसहितको प्रतिनिधिमण्डल आज राति जापान पुग्ने छ । जापानी सम्राट् नोरुहितोको राज्याभिषेकमा सहभागी भई नेपाली प्रतिनिधिमण्डल कात्तिक ६ गते स्वदेश फर्कने कार्यक्रम छ ।
विद्यादेवी भण्डारी म्यान्मार जापान राजकीय भ्रमण