मुख्य समाचार

धारिलो हतियार प्रयोग गरी एक महिलाको हत्या, एक किशोरी गम्भीर घाइते

धारिलो हतियार प्रयोग गरी एक महिलाको हत्या, एक किशोरी गम्भीर घाइते

भोजपुरः जिल्लाको षडानन्द नगरपालिकामा एक महिलाको हत्या भएको छ । उनीसँगै रहेकी अर्का एक गम्भिर घाइते भएकी छिन ।

षडानन्द नगरपालिका–१ नेपालेडाँडा वडा नम्वर–३ की २८ वर्षिया कल्पना राईको हत्या भएको हो । कल्पानको शनिवार साँझ षडानन्द नगरपालिकाको वडा नम्वर २ र ३ को सिमानामा पर्ने ओपंखा भन्ने ठाँउमा धारिलो हतियार प्रयोग गरि हत्या गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुर जनाएको छ ।

भलिवल प्रतियोगिता हेरेर फर्किदै गरेका मृतक कल्पना राई र घाईते १८ बर्षिया नविना राईमाथि धारिलो हतियार प्रयोग भएको थियो ।

मृतक कल्पनाको शरिरको विभिन्न भागमा चोट लागेर घट्नास्थलमै मृत्यु भएको थियो भने घाईते नविनाको चिउँडोमा चोट लागेको  जिल्ला  प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक पाण्डव राजवंशीले जानकारी दिए ।

घट्नामा संग्लग्न भएको अभियोगमा प्रहरीले  षडानन्द नगरपालिका–३ का २१ वर्षिय प्रदिप बस्नेतलाई प्रक्राउ गरेको छ । उनलाई प्रक्राउ गरि भोजपुर ल्याउने काम भइरहेको आइपुगेपछि थप अनुसन्धान हुने जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । 

भोजपुर हत्या

विशेष