खेल

टेष्ट सिरिजः दक्षिण अफ्रिकाविरुद्ध उपकप्तान रहाणेको शतक

टेष्ट सिरिजः दक्षिण अफ्रिकाविरुद्ध उपकप्तान रहाणेको शतक

काठमाडौंः दक्षिण अफिका विरुद्धको टेष्ट क्रिकेट सिरिज अन्तर्गत अन्तिम तथा तेस्रो खेलको पहिलो इनिङ्समा भारतीय टिमका उपकप्तान आजिंक्य रहाणेले शतक पूरा गरेका छन् ।

उनले १४ चौका र १ छक्काको मद्दतमा १६९ बलमा शतक पूरा गरेका हुन् । टेष्ट क्रिकेटमा रहाणेको यो ११औँ शतक हो ।

सस्तैमा ३ विकेट गुमाएको भारतले चौथो विकेटका लागि भने रोहित शर्मा र आजिंक रहाणेबीच उत्कृष्ट साझेदारी भएको छ । उनीहरु दुईबीच यो समाचार तयार पार्दासम्म २३६ रनको साझेदारी भइसकेको छ ।

ओपनर रोहितको १५० रन पूरा

भारतीय टिमका ओपनर रोहित शर्माले दक्षिण अफ्रिकासँगको अन्तिम खेलमा १५० रन पूरा गरेका छन् । उनले ४ छक्का र २१ चौकाको मद्दतमा १५० रन पूरा गरेका हुन् । जारी सिरिजमा रोहितले ३ शतक पूरा गरिसकेका छन् । 

सस्तैमा गुमेको थियो ३ विकेट 

भारतले ओपनर मयंक अग्रवाल, चेतेश्वर पुजारा र कप्तान विराट कोहलीलाई सस्तैमा गुमाएको थियाे । 

अन्तिम खेलको पहिलो पारीमा मयंक १०, पुजारा शून्य र कप्तान कोहली १२ रनमा आउट भए । मयंक र पुजारालाई कागिसो रबाडा र विराटलाई अन्रिच नोर्त्जेले आउट गरेका हुन् ।

रबाडाले आफ्नो टिमलाई पहिलो सफलता ४ ओभरको अन्तिम बलमा मंयकलाई एल्गरको हातबाट क्याच आउट गराए ।

यस्तै रबाडाले दोस्रो विकेटकारुपमा पुजारालाई ८.३ ओभरमा एल्बीडब्लू आउट गर्न सफल भए ।

विराटलाई १५.३ ओभरमा नोत्र्जेले एल्बीडब्लू आउट गर्न सफल भए । टेष्ट क्रिकेटमा उनको यो पहिलो विकेट हो ।

सिरिजको अन्तिम खेलमा पनि टस जितेर ब्याटिङ रोजेको भारतले यो समाचार तयार पार्दासम्म ७० ओभरमा महत्वपूर्ण ३ विकेट गुमाएर २७४ रन बनाएको छ ।

तीन खेलको सिरिज भारतले जितिसकेको छ । यदि यो खेल पनि भारतले नै जिते उसले दक्षिण अफ्रिकाविरुद्धको टेष्ट सिरिज ‘क्लिन स्विप’ गर्नेछ ।

भारत भर्सेस दक्षिण अफ्रिका शतक आजिंक्य रहाणे टेष्ट क्रिकेट सिरिज

विशेष