रेल्वे स्टेसनमा गीत गाएर चर्चामा आएकी रानू के गर्दै छिन् आजभोलि?
एजेन्सी । रेलवे स्टेसनमा गीत गाएर आफ्नो दैनिक गुजारा गर्दै आइरहेकी रानू मण्डल जब सामाजिक संजालमा देखिईन तब उनि रातारात स्टार हुन पुगिन् । उनको कर्णप्रिय स्वर सुनेर नै उनलाई बलिउडका चर्चित गायक हिमेश रेशमियाले आफ्नो फिल्मको एक गीतमा आवाज दिने मौका दिए। त्यसपश्चात एकाएक स्रोताहरुको मनमा बस्न सफल भएकी रानूको चर्चा पछिल्लो समय चुलिएको छ। उनै भाइरल रानू आजभोलि के गर्दै छिन?
पश्चिम बंगालको रेलवे स्टेसनमा गीत गाएर दैनिक गुजारा गर्दै आएकी रानू मण्डल यतिखेर आफ्नो कलाले दर्शकको मन जित्ने सख्त प्रयासमा लागिरहेकी छिन् । पछिल्लो समय उनलाई सामाजिक संजालमा फलो गर्नेको पनि कमि छैन उनले अहिले आफ्नै फेसबुक पेज पनि खोलेकी छिन जुन पेजमा लाखौले लाईक गरेका छन र उनि दिनदिनै केहि न केहि पोस्ट पनि गर्दै आइरहेकी छिन।
एक रिपोर्टका अनुसार रानू यतिखेर उनको बायोपिकमा ब्यस्त छिन यो संगै उनले हालै मात्र आफ्नो पासपोर्ट पनि पाएकी छिन। रानुको आवाज रहेकी एक गीत छिटै नै सार्वजनिक हुने तयारीमा रहेको छ जुन कुराको जानकारी उनले फेसबुक मार्फत गराएकी हुन्।