खेल

विश्वकप छनोटः क्यानडाद्वारा जर्सीलाई १७७ रनको चुनौती

विश्वकप छनोटः क्यानडाद्वारा जर्सीलाई १७७ रनको चुनौती

काठमाडौंः यूएईमा जारी आईसीसी टी–२० विश्वकप छनोटमा क्यानडाले जर्सीलाई १७७ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको मौका पाएको क्यानडाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७६ रन बनायो । उसका लागि नितिश कुमारले उत्कृष्ट ब्याटिङ गरे उनले ४ चौका र ६ छक्काको मद्दतमा ३६ बलमा ८३ रन बनाए ।

यस्तै कप्तान नवनीत धालीवालले ३६, निकोलस किर्टोनले २१, रोड्रिगो थोमसले १२ रनको योगदान दिए । बलिङमा जर्सीका जूलियस सुमेरुयर, चार्ल्स पर्चार्डले २–२ र बेन्जामिन वार्डले एक विकेट लिए ।

टेष्ट राष्ट्र आयरल्याण्डविरुद्ध यूएईको शानदार जित 

टेष्ट राष्ट्र आयरल्याण्डविरुद्ध घरेलु टोली यूएई विजयी भएको छ । शनिबार राति भएको खेलमा आयरल्याण्डलाई ५ विकेटले हराउँदै यूएई विजयी भएको हो ।

आयरल्याण्डले दिएको १२६ रनको लक्ष्य यूएईले १७ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । उसका लागि रोहन मुस्तफाले ८ चौकाको मद्दतमा १६ बलमा ३९ रनको विष्फोटक ब्याटिङ गरे ।

यस्तै दारिअस डिसिल्भा, मुहम्मद उश्मानले २९–२९ र वहीद अहमदले नटआउट १५ रनको योगदान दिए ।

बलिङमा आयरल्याण्डका मार्क आदिर, ब्वाइड र्याकिंन र डेभिड डेलानीले एक–एक विकेट लिए । यसअघि टस हारेर ब्याटिङको मौका पाएको आयरल्याण्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १२५ रन बनायो ।

उसका लागि ओपनर पउल स्टर्लिङले विष्फोटक ब्याटिङ गरे पनि टिमलाई जित दिलाउन सकेनन् । उनले ९ चौकाको सहयोगमा ५८ बलमा ७२ रन बनाए ।

अन्य खेलाडीले भने सन्तोषजनक प्रदर्शन गर्न सकेनन् । बलिङमा यूएईका रोहन मुस्तफाले घातक बलिङ गरे । उनले ४ ओभरमा १६ रन दिएर महत्वपूर्ण ४ विकेट लिए ।

टी–२० विश्वकप छनोट क्यानडा भर्सेस जर्सी

विशेष