मनोरञ्जन

धुर्मुस सुन्तलीले बनाए 'सेन्टी भाइरस', सकियो छायांकन

धुर्मुस सुन्तलीले बनाए 'सेन्टी भाइरस', सकियो छायांकन

काठमाडौँ। हाँस्यकलाकार तथा समाजसेवी सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) द्वारा निर्माण गरिएको पहिलो चलचित्र 'सेन्टी भाइरस' को छायांकन सकिएको छ।  एक गीतको सुटिंगलाई थाती राख्दै फिल्म निर्माण युनिटले छायांकन सकिएको घोषणा गरेको हो।  

एक महिनाको अवधिमा चलचित्रको छायांकन सकिएको जानकारी कलाकार एवम निर्माता सिताराम कट्टेलले दिएका छन।  सामाजिक बिकृति र बिसंगति माथि व्यंग्यप्रहार गरिएको सेन्टी भाइरस' लाई रामबाबु गुरुङले निर्देशन गरेका हुन। 

‘धुर्मुस सुन्तली’ को होम प्रोडक्सन सुबिहानी फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको यस चलचित्रमा सिताराम र कुञ्जनाका अलावा दयाहाङ राई,  राजाराम पौडेल, विल्सन विक्रम राई, बुद्धि तामाङ, कमलमणी नेपाल, सूर्यमाला खनाल लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ।  

२ करोडको कुल लागतमा निर्माण गरिएको यस चलचित्रको २० प्रतिशत मुनाफा सामाजिक क्षेत्रमा लगानी गर्ने निर्माण युनिटको योजना रहेको छ।     

विशेष