खेल

टी–२० विश्वकप छनोटः पपुवा न्यूगिनीले नामिबियालाई दियो १९८ रनको लक्ष्य

टी–२० विश्वकप छनोटः पपुवा न्यूगिनीले नामिबियालाई दियो १९८ रनको लक्ष्य

काठमाडौंः यूएईमा जारी आईसीसी टी–२० विश्वकप छनोटमा पपुवा न्यूगिनीले नामिबियालाई १९८ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको मौका पाएको उसले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १९७ रन बनायो ।

पपुवा न्यूगिनीका लागि टोनी उराले ७१, कप्तान आसद भालाले ४८, सिसी बौले २२, लीका सियाकाले २६ रनको योगदान दिए । बलिङमा नामिबियाका जान फ्राइलिंकले ३, क्रिस्टी भिल्जिोइनले २ र बर्नार्ड स्कोल्ट्जले एक विकेट लिए ।

टेष्ट राष्ट्र आयरल्याण्डविरुद्ध यूएईको शानदार जित

टेष्ट राष्ट्र आयरल्याण्डविरुद्ध घरेलु टोली यूएई विजयी भएको छ । शनिबार राति भएको खेलमा आयरल्याण्डलाई ५ विकेटले हराउँदै यूएई विजयी भएको हो ।

आयरल्याण्डले दिएको १२६ रनको लक्ष्य यूएईले १७ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । उसका लागि रोहन मुस्तफाले ८ चौकाको मद्दतमा १६ बलमा ३९ रनको विष्फोटक ब्याटिङ गरे ।

यस्तै दारिअस डिसिल्भा, मुहम्मद उश्मानले २९–२९ र वहीद अहमदले नटआउट १५ रनको योगदान दिए ।

बलिङमा आयरल्याण्डका मार्क आदिर, ब्वाइड र्याकिंन र डेभिड डेलानीले एक–एक विकेट लिए । यसअघि टस हारेर ब्याटिङको मौका पाएको आयरल्याण्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १२५ रन बनायो ।

उसका लागि ओपनर पउल स्टर्लिङले विष्फोटक ब्याटिङ गरे पनि टिमलाई जित दिलाउन सकेनन् । उनले ९ चौकाको सहयोगमा ५८ बलमा ७२ रन बनाए ।

अन्य खेलाडीले भने सन्तोषजनक प्रदर्शन गर्न सकेनन् । बलिङमा यूएईका रोहन मुस्तफाले घातक बलिङ गरे । उनले ४ ओभरमा १६ रन दिएर महत्वपूर्ण ४ विकेट लिए ।

विश्वकप छनोट पपवा न्यूगिनी भर्सेस नामिबिया

विशेष