ललिता निवास जग्गा प्रकरणः गच्छदार पनि छानबिनमा तानिए
काठमाडौंः कांग्रेस उपसभापति एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदारसमेत ललिता निवास जग्गा अनियमितता प्रकरणको अनुसन्धानमा तानिएका छन् ।
उक्त जग्गा जोडिएका सबैजसो व्यक्तिसँग बयान र सोधपुछपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग गच्छदारलाई समेत बोलाएर ‘बयान लिने’ निष्कर्षमा पुगेको छ ।
गच्छदारले उपप्रधान तथा निर्माणमन्त्री हुँदा विवादित प्रस्तावमाथि निर्णय गरी मन्त्रिपरिषद्मा पठाउन स्वीकृति दिएका थिए । यो समाचार आजको कान्तिपुर दैनिकबाट लिइएको हो ।
विजयकुमार गच्छदार ललिता निवास जग्गा प्रकरण