खेल

‘द हन्ड्रेड’मा पनि सन्दीप अनुबन्ध, पारिश्रमिक डेढ करोड

‘द हन्ड्रेड’मा पनि सन्दीप अनुबन्ध, पारिश्रमिक डेढ करोड

काठमाडौंः नेपाली लेग स्पिनर सन्दीप लामिछाने इंग्ल्याण्ड तथा वेल्स क्रिकेट बोर्डले अर्को वर्षदेखि सुरु गर्न लागेको नयाँ प्रतियोगिता ‘द हन्ड्रेड’ को ड्राफ्टमा छानिएका छन् ।

आइतबार राति सम्पन्न भएको ड्राफ्टमा सन्दीपलाई ओभल इन्भिन्सिबलले छनोट गरेको हो । उनलाई  इन्भिन्सिबलले दोस्रो राउन्डको दोस्रो छनोटका रुपमा टोलीमा समावेश गरेको हो ।

हरेक टिमले अधिकतम ३ विदेशी खेलाडी मात्र अनुबन्ध गर्ने प्रावधान रहेको छ । ओभलको टोलीमा अनुबन्धित सन्दीपले आफ्नो मूल्य १ लाख पाउन्ड तोकेका थिए । उनीसँगै यस रकम समूहमा अष्ट्रेलियाका क्रिस लिन, अफगानिस्तानका मोहमद नाबी, न्यूजिल्यान्डका केन विलियमसन र पाकिस्तानका मोहमद आमिर रहेका थिए ।

सन्दीपसँगै विदेशी खेलाडीका रुपमा ओभलबाट सुनिल नारायण र फाबियान एलेन रहेका छन् । टोलीमा मार्की खेलाडी साम करन रहेका छन् ।

प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ । हरेक टोलीले आफ्नो स्थानीय मार्की खेलाडी यसअघि नै छनोट गरिसकेका थिए ।  

सन्दीप लामिछाने क्रिकेट द हन्ड्रेड

विशेष