मुख्य समाचार

राष्ट्रपति भण्डारी र जापानका प्रधानमन्त्री आबेबीच भेटवार्ता

राष्ट्रपति भण्डारी र जापानका प्रधानमन्त्री आबेबीच भेटवार्ता

जापानः  राष्ट्रपति विद्यादेवी भण्डारी र जापानका प्रधानमन्त्री सिन्जो आबेबीच सोमबार भेटवार्ता भएको छ । टोक्योस्थित आकासाका प्यालेस, स्टेट गेष्ट हाउसमा राष्ट्रपति भण्डारी र जापानका प्रधानमन्त्री आबेबीच  भेटवार्ता  भएको हो।

भेटमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, परराष्ट्र सचिव शङ्करदास वैरागी, जापानका लागि नेपालका राजदूत प्रतिभा राणा, राष्ट्रपति कार्यालयका सचिव डा. हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारी तथा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारी एवं जापानी पक्षबाट उच्चपदस्थ पदाधिकारी सहभागी थिए। 

जापानी सम्राट् नोरुहितोको शुभराज्याभिषेकमा सहभागी हुन राष्ट्रपति भण्डारीसहितको नेपाली प्रतिनिधिमण्डल आइतबार राजधानी टोकियो  आइपुगेको थियो।

म्यान्मारका राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्माको पाँचदिने राजकीय भ्रमण पूरा गरी राष्ट्रपति भण्डारी नेतृत्वको प्रतिनिधिमण्डल आइतबार राति यहाँ आइपुगेको हो। 

विद्यादेवी भण्डारी सिन्जो आबे भेटवार्ता

विशेष