कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन

काठमाडौंः यस वर्षको तिहारमा कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको छ । पञ्चांग निर्णायक समितिले आज एक प्रेस विज्ञप्ति जारी गर्दै कात्तिक १० गते कुकुर तिहार र लक्ष्मीपूजा परेको जनाएको हो ।
समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलका अनुसार कात्तिक ८ गतेदेखि सुरु हुने तिहारको पहिलो दिन यमदीपदान, कात्तिक ९ गते शनिबार कागतिहार परेको छ । हरेकजसो तिहारमा गाईपूजा र लक्ष्मीपूजा एकै दिन पर्ने भए पनि यो वर्ष भने कुकुर तिहारको दिन परेको हो ।
त्यस्तै कात्तिक ११ गते गाईगोरु पूजा, म्हपूजा पर्ने भनिएको छ । तर नेपाल सम्वतको प्रारम्भ भने कात्तिक १२ गतेमात्र हुनेछ । म्ह पूजाको दिन नै नेपाल सम्वत प्रारम्भ हुने भए पनि यस वर्ष भने म्हः पूजाको भोलिपल्टदेखि नेपाल सम्वतको नयाँ वर्ष ११४० प्रारम्भ हुनेछ । भाइटीका कात्तिक १२ गते पर्ने र शुभसाइत दिनको ११ः५५ मा रहेको समितिका सदस्य सचिव ढुंगेलले जानकारी दिएका छन् ।
कुकुर तिहार पञ्चांग निर्णायक समिति लक्ष्मीपूजा