खेल

विश्वकप छनोटः स्कटल्याण्डद्वारा पपुवा न्यूगिनीलाई १४७ रनको लक्ष्य

विश्वकप छनोटः स्कटल्याण्डद्वारा पपुवा न्यूगिनीलाई १४७ रनको लक्ष्य

काठमाडौंः यूएईमा जारी आईसीसी टी–२० विश्वकप छनोटमा स्कटल्याण्डले पपुवा न्यूगिनीलाई १४७ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४६ रन बनायो ।

उसका लागि कप्तान काइल कोएट्जर अर्धशतक बनाए । उनले २ छक्का र ४ चौकाको मद्दतमा ४७ बलमा ५४ रन बनाए । यस्तै म्याथ्यू क्रसले नटआउट ४०, रिची बेरिंगटनले २२ र जर्ज मुन्सेले १४ रनको योगदान दिए । अन्य खेलाडीले भने दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङमा पपुवा न्यूगिनीका चाल्र्स अम्नी, आसद भाला, डाइमिन रवु, नर्मन भानुआ र निरोशना पोकवानाले एक–एक विकेट लिए ।  

लगातार तेस्रो जितको लक्ष्यमा पपुवा न्यूगिनी

जारी प्रतियोगितामा पपुवा न्यूगिनीले लगातार दुई खेलमा जीत हासिल गरिसकेको छ । उसले पहिलो खेलमा बर्मुडालाई १० विकेटले हराएको थियो । दोस्रो खेलमा पपुवा न्यूगिनीले आइतबार नामिबियालाई ८१ रनले पराजित गर्न सफल भयो । ग्रूप ‘ए’ मा रहेको पपुवा न्यूगिनी २ खेलमा ४ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ । 

दोस्रोे जितको खोजीमा स्कटल्याण्ड

प्रतियोगितामा स्कटल्याण्डले एकमा हार र एक खेलमा जीत हासिल गरेको छ । उसले पहिलो खेलमा सिंगापुरविरुद्ध २ रनको अप्रत्यासित हार बेहोरेको थियो । तर, दोस्रो खेलमा भने स्कटल्याण्डले केन्याविरुद्ध ३१ रनको जित निकाल्न सफल भयो । 
 

टी–२० विश्वकप छनोट स्कटल्याण्ड भर्सेस पपुवा न्यूगिनी

विशेष