यस्ता छन अदुवाका फाइदाहरु ! जानीराखौं

काठमाडौं । सामान्यतया तपाई हाम्रो भान्सामा प्रयोग हुने अदुवा स्वास्थ्यका लागि निकै नै प्रभावकारी रहेको छ। अदुवामा उच्च मात्रामा भिटामिन, म्याग्नेसियम आदिजस्ता खनिज पदार्थ पाइन्छ । अदुवाको चिया पिउनु स्वास्थ्यका लागि लाभदायक हुन्छ । यसले पेट दुख्न कम गर्नुका साथै तनाव पनि घटाउँछ ।
यी बाहेक आज हामी अदुवाको सेवनबाट स्वास्थ्यमा हुने फाइदाका बारेमा बताउन जादैछौं आउनुहोस
– यात्रामा जानुअघि अदुवा चिया खाँदा बान्ता हुनबाट बचाउँछ ।
– शरीरको अनावश्यक तौल कम गर्न अदुवा चियाले सहयोग गर्छ ।
– अदुवाले क्यान्सरसँग लड्ने क्षमता वढाउँछ ।
– अदुवाले रगतमा हुने ग्लुकोजको स्तर व्यवस्थापन गर्छ । साथै यसको सेवनले पाचन प्रणालीमा सुधार ल्याउँछ ।
– महिनावारीलाई अदुवाले नियमित बनाउँछ । हड्डी र बाथरोगका बिरामीका लागिसमेत अदुवा चिया फाइदाजनक हुन्छ ।
अदुवा