खेल

दक्षिण अफ्रिका विरुद्धको सिरिज भारतद्वारा ‘क्लिन स्विप’

दक्षिण अफ्रिका विरुद्धको सिरिज भारतद्वारा ‘क्लिन स्विप’

काठमाडौंः दक्षिण अफ्रिका विरुद्धको टेष्ट सिरिज घरेलु टिम भारतले ‘क्लिन स्विप’ गरेको छ । अन्तिम खेलमा २०२ रनको जित निकाल्दै भारतले सिरिज ३–० ले ‘क्लिन स्विप’ गरेको हो ।

टस जितेर ब्याटिङ गरेको भारतले पहिलो इनिङ्समै ४९७ रन बनाएको थियो । उसका लागि ओपनर रोहित शर्माले २१२, आजिंक्य रहाणेले ११५, रविन्द्र जडेजाले ५१, उमेश यादवले ३१, ऋद्धिमान शाहले २४ रन बनाए ।

बलिङमा दक्षिण अफ्रिकाका जर्ज लिन्डेले ४, कागिसो रबाडाले ३, डेन पिड्ट र अर्निच नोत्र्जेले एक–एक विकेट लिए । दक्षिण अफ्रिकाले पहिलो पारीमा १६२ र दोस्रो इनिङ्समा १३३ रनमै अलआउट भयो ।

दक्षिण अफ्रिकाका लागि पहिलो इनिङ्मा एक खेलाडीले मात्र अर्धशतक बनाउन सके । दोस्रो इनिङ्समा भने उसका कुनै पनि ब्याटसम्यानले अर्धशतक बनाउन सकेनन् ।  

क्लिन स्विप दक्षिण अफ्रिका भर्सेस भारत

विशेष