गायक दुर्गेश थापा बालाजुबाट पक्राउ

काठमाडौँ। मोडल तथा गायक दुर्गेश थापालाई प्रहरीले पक्राउ गरेको छ। तिहारको छेको पारेर सार्वजनिक भएको 'ह्याप्पी तिहार चिसो बियर' बोलको गीतमा प्रयोग भएका शब्दका कारण विवादमा तानिएका दुर्गेशलाई मंगलवार बालाजुबाट पक्राउ गरिएको हो।
गीतमा प्रयोग भएका शब्दका कारण महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुमा पत्राचार भएसंगै उनलाई पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी सहकुल कुमार थापाले जनाएका छन।
दुर्गेशले सार्वजनिक गरेको ‘ह्याप्पी तिहार, चिसो वियर’मा कानुनबाट नै प्रतिबन्दित गाँजा खानु पर्छ भन्ने जस्ता शब्द प्रयोग भएका छन् । उक्त गीत हटाउनुपर्ने माग गर्दै जिल्ला प्रशासनमा उजुरी परेको थियो ।
केही समय अगाडि सार्वजनिक गीतले छोटो समयमा नै लोकप्रियता हासिल गरेपछि यसका केही शब्दहरुलाई लिएर आलोचनात्मक प्रतिक्रियाहरु आएपछि युट्यूवको कमेन्ट बक्स नै गायव पारिएको थियो ।
तिजको समयमा 'बिच्च बिच्चमा' बोलको गीतबाट पनि दुर्गेश चर्चामा आएका थिए।
दुर्गेश थापा