आँखासम्बन्धी समस्याबाट छुटकारा पाउनका लागि अपनाउनुहोस् यी टिप्सहरु
आँखा हाम्रो शरीरको महत्वपूर्ण र अति संवेदनशील अंग हो। यसको उचित हेरचाह यदि गर्न सकिएन भने आँखाको ज्योति जान सक्ने सम्भावना रहन्छ। यसै सन्दर्भमा आज हामी तपाईलाई आँखाको हेरचाह गर्ने केहि महत्वपुर्ण टिप्सको बारेमा बताउन जादैछौं आउनुहोस
प्रकाशदेखि टाढा रहने
बिहान जब हामी उठ्छौं तब हाम्रो आँखा एकदम संवेदनशील र कोमल भएको हुन्छ। यस समयमा बिल्कुलै आँखामा जोर दिनु हुदैन। त्यसैले बिहान उठेर कडा प्रकाशमा हेर्नु हुदैन। तर आजभोलि मानिसहरु यतिसम्म गर्ने भएका छन कि उनीहरु बिहान उठेर मोबाईल नहेरी आफ्नो दिनको सुरुवात गर्दैनन् यसले आँखासम्बन्धी अनेक समस्या निम्त्याउछ।
आईवास कपले आँखा धुने
हरेक दिन बिहान उठेर सुरुमा आँखामा पानीको छिटा मार्ने र त्यसपछि आईवास कपले आँखा धुनाले आँखासम्बन्धी विविध समस्या दुर हुनका साथै आँखाको ज्योति पनि बढ्छ।
मेहेन्दीको प्रयोग
यदि तपाईको आँखा रातो हुने , पोल्ने गर्छ भने मेहेन्दीको प्रयोग गर्नुहोस। मेहेन्दीको पातलाई पिसेर आँखाको वरिपरि ,लगाउने हो भने आँखा सुन्निने,रातो हुने, पोल्ने लगायतका समस्याबाट सजिलै मुक्ति पाइन्छ।