मनोरञ्जन

रणवीर-आलियाको बिवाह कार्ड सामाजिक संजालमा भाइरल, वास्तविकता के हो ?

रणवीर-आलियाको बिवाह कार्ड सामाजिक संजालमा भाइरल, वास्तविकता के हो ?

एजेन्सी।  बलिउड अभिनेता रणवीर कपूर र अभिनेत्री आलिया भट्टको प्रेमसम्बन्धको चर्चा बेलाबखतमा हुने गरेको छ।  यसै बिच यी दूईको बिवाहको कार्ड पछिल्लो समय सामाजिक संजालमा भाइरल भइरहेको छ।  तर कार्डलाई राम्रोसंग हेर्ने हो भने यो कार्ड सरासर फेक भएको देख्न सकिन्छ।  

कार्डमा लेखिएको छ : मिसेस नितु र मिस्टर ऋषि कपूर बुधवार २२ जनवरी २०२० को साँझ ५ बजे सोधपुरको उमेद भवन पार्टी प्यालेसमा आफ्ना छोरा रणवीरसंग आलिया (मिसेज सोनी र मुकेश भट्टकी छोरी) को सुगन समारोहका लागि तपाईलाई सौहार्दपूर्वक आमन्त्रण गर्दछौं। 

सबैभन्दा पहिले त यस कार्डमा आलियाको नाम नै गलत लेखिएको छ।  यहाँ उनको नाम आलिया लेख्नु पर्नेमा अलिया लेखिएको छ।  दोस्रो गल्ति मुकेश भट्ट आलियाका काका हुन तर यहाँ त आलियाको पिता मुकेश भट्ट भनेर उल्लेख गरिएको छ।  

यस कार्डको अपलोड भएलगत्तै ट्वीटरमा मानिसहरुले यस कार्डको मजाक उडाउन थालेका छन।  

तर यहाँहरुलाई अवगत रहोस कि आलिया र रणवीर सन् २०२० को जनवरीमा बिवाह बन्धनमा बाँधिने सम्भावना रहेको खबर बाहिरिएको छ।   

रणवीर कपूर आलिया भट्ट

विशेष