फिफा वरियतामा नेपाल ६ स्थानले खस्कियो
एजेन्सी । नेपालको फिफा वरियता ६ स्थान खस्किएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल ६ स्थान तल झर्दै १ सय ६७ औ स्थानमा पुगेको हो।
विश्वकप छनोटका पछिल्ला दुई खेलमा फराकिलो हार ब्यहोरेसँगै नेपाल ६ स्थान तल झरेको हो । नेपाल पछिल्लो खेलमा अष्ट्रेलियासंग ५–० र जोर्डनसंग ३–० ले पराजित भएको थियो ।
विश्व वरियतामा बेल्जियम शीर्ष स्थानमा यथावत छ । यस्तै दोस्रो स्थानमा फ्रान्स, तेस्रो स्थानमा ब्राजिल र चौथो स्थानमा ईङ्ल्याण्ड यथावत छन् । उरुग्वेले एक स्थान सुधार गर्दै शीर्ष पाँच भित्र पर्न सफल भएको छ ।