र्यापर भिटेनका गीतका शब्द, पुलिसलाई डन्ठे, नर्सलाई लभ
काठमाडौँ । र्यापर भिटेन अर्थात समीर घिसिङका हरेक गीतमा यस्ता शब्द छन जुन गीत गायकका सामान्य मर्यादा विपरीत छन् । पछिल्लो गीतले त उनलाई हिरासत पुर्याएको छ । हुन पनि पछिल्ला दिनमा गायकहरु जे मन लाग्यो त्यही शब्द राखेर गीत गाउने अनि गायन र समाजकै बदनाममा उत्रिएका छन् ।
महानगरीय अपराध अनुसन्धान महाशाखाले गीतका शब्द र सामाजिक सञ्जालमा राखिएको तस्वीरका कारण भिटेनलाई पक्राउ गरेको जनाएको छ । आखिर भिटेनका गीतमा कस्ता शब्द छन् त ?
भिटेनले गीतमा प्रहरीलाई गालीगलौज गरेका छन् भने चुरोटदेखि हालखबर शीर्षकसम्मका गीतमा प्रहरीलाई डन्ठे भनिएको छ । त्यस्तै हामी यस्तै त हो नि ब्रो गीतमा पुलिस चौकीभित्रै गर्छु दारु खाँदै मस्ती भन्ने वाक्य प्रयोग छ । प्रहरीलाई इंगित गर्दै डन्ठेहरुलाई फक साइन अनि हान्दै हिँड्छु थग लाइफ भनेका छन् ।
गीतमा उनले अस्पतालको नर्सलाई लभ बाइट हान्दा हवल्दारले पक्राउ गरेको र डिएसपीले आफ्नो अटोग्राफ मागेको भनेका छन् ।
‘अस्पताल गएको थिएँ अस्ति, पट्यादिए मैले नर्सलाई च्याप्प समातेर हानिदिए मैले त्यो नर्सको घाँटीमै लभ बाइट यत्तिकैमा समाउन आयो हवल्दार,
बाल छैन, बाल अहिले म त झ्याप
चौकी छिर्या डिएसपीलाई दिए अटोग्राफ
त्यो देख्दा डन्ठेहरु सबलाई आयो हार्ट अट्याक’
एक वर्षअघि सार्वजनिक भएको गीतमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत गाली गरेका छन्।
गीतमा नमस्कार नेता भन्दै उनी गाउँछन्–
‘सबै दाजुभाई बनाउ नेपाली टोली
यसो हेराउ त नेपाललाई आफ्नो आँखा खोली
हामी बोलौं एक बोली, मन्त्री बने केपी ओली
यस्तो पाराले के हुने हो भोलि’ ।
यस्तै गरी उनले यस गीतमा माओवादीलाईसमेत गाली गरेका छन्। साथै भिटेनले एक यस्तो तस्वीर सामाजिक सञ्जालमा अपलोड गरेका थिए जुन मर्यादा विपरीत थियो । पढ्नुहोस यसबारेको यो समाचार :