बिहान सबेरै उठ्नेमा इच्छाशक्ति बढी हुन्छ, मान्नुहुन्छ ?
व्यस्तता भनौ या दैनिकी आजभोलिका मानिसहरुमा सुत्ने, उठ्ने, खाने, बस्ने केहि कुराको पनि शेड्युल छैन। राती अबेरसम्म नसुत्ने अनि बिहान ढिला उठ्ने परिपाटी पछिल्लो समयका युवापुस्ताहरुमा मौलाउदै गईरहेको छ।
तर जो मानिस रातमा छिटै सुत्ने र बिहान सबेरै उठ्ने गर्दछन् उनीहरु स्वस्थ, बुद्धिमान तथा धनी हुन्छन् । के यो भनाई वास्तविक हो त ? धेरै कामकाजी मानिसहरु बिहान सबेरै उठेर आफ्नो जरुरी काम कुनै वाधा अवरोध विना नै गर्न मन पराउँछन् ।
विज्ञहरुका अनुसार बिहान उठ्ने र अफिस जाने बीचको समय निकै महत्वपूर्ण हुन्छ । यो बीचमा केही यस्ता काम गर्न सकिन्छ जो मानिसका लागि निकै महत्वपुर्ण हुन्छन् । ती कार्यालयसँग सम्बन्धित काम नहुन सक्छन् । व्यक्तित्व विकाश तथा अतिरिक्त आय लगायतका काम पनि हुन सक्छन् । बिहानको समयमा मानिसको इच्छाशक्ति उच्च हुन्छ र दिन लाग्दै गएपछि यसमा कमी आउँछ । त्यसैले बिहानको समयमा सिर्जनात्मक सोँचाइ, समस्या समाधान जस्ता विषयमा बढि प्रभावकारी बन्दछ ।